लकडाउनको मोडालिटीमा अलमल : ईश्वर पोखरेल एकातिर, सीसीएमसी अर्कैतिर

अनलाइनखबर

काठमाडाै‌ं

करिव तीन महिना लामो लकडाउन खुकुलो बनाउने विषयमा सरकार अलमलमा परेको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समिति र यसैको सचिवालयका रुपमा काम गरिरहेको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परम्परमा बाझिने प्रस्ताव अघि सारेपछि लकडाउन कहिलेबाट खुकुलो हुन्छ भन्ने अलमल बढेको हो ।

उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा संयोजक ईश्वर पोखरेलले सयभन्दा कम एक्टिभ केस भएका जिल्लामा जेठ २५ देखि लकडाउन खुकुलो बनाउने प्रस्ताव पेश गरेका छन् । त्यस्ता जिल्लामा पसलहरु खोल्ने, सैलुन खोल्ने, आधा यात्रु राखेर छोटा दुरीका सवारी चलाउने उनको प्रस्ताव छ ।

असार १ बाट अधिकांश व्यवसाय, अन्तरिक हवाई उडान, धार्मिकस्थल, सपिङ मल र आधा यात्रु राखेर लामो दुरीका सवारी साधन चलाउने पोखरेलको प्रस्ताव छ । असार १७ गतेपछि लकडाउन थप खुकुलो बनाउने र शैक्षिक संस्थाहरुसमेत खोल्ने पोखरेलको प्रस्तावमा उल्लेख छ ।

 

प्रकाशित मिति: : 2020-06-07 17:34:35

प्रतिकृया दिनुहोस्