कोराना महामारीकाे ‘इपिसेन्टर’ बनेकाे न्यूयोर्क शहर दोश्रोपटक खुल्याे

कोराना महामारीको ‘इपिसेन्टर’ रहेको अमेरिकाको न्यूयोर्क शहर लकडाउनपछि फेरि दोश्रोपटक खुलेकाे छ। 

कोरोना भाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन खुला गरिएकाे हाे।

अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन्। खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ।

अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा मात्र २१ हजार जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् भने २ लाखभन्दा बढी संक्रमित भएका छन्। यो राज्यमा ४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३० हजार बढीले ज्यान गुमाएका छन् । यसअघि पनि बीचमा लकडाउन खुकुलो बनाइएको थियो। तर परिस्थिति जटिल बन्दै गएपछि लकडाउन कडा बनाइएको थियो।

विगत वर्षहरुमा हरेक साँझ खचाखच भरिने रेष्टुरेन्ट, बार र पवहरु सुनसान छन् भने यहाँ ‘लाइभ म्युजिक’ बाट दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लाखौं ‘लाइभ व्याण्ड’का सदस्य पनि वेरोजगार भएका छन्। 

सूचना प्रविधिले मारेको फड्कोसँगै आफ्नो हातको औँलामा विश्वका घटनाहरु केलाउने र खेलाउने कार्यमा अभ्यस्त करोडौँ अमेरिकी अहिले वेरोजगार छन्। 

यसबेलाको अमेरिकीहरुको दैनिकीले यस अगाडिका कहालिलाग्दा घटनालाई समेत ओझेलमा पारिदिएको महसुश भएको छ। यस राज्यका गभर्नर आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले २४ सै घण्टा चनाखो भएका छन्।

तैपनि प्रतिदिन ५ सय संक्रमणका नयाँ केसहरु देखिइरहेका छन्। प्रत्येक मानिसहरु बाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाएरै निस्कन्छन् र सामाजिक दुरी कायम राख्छन्। 

न्यूयोर्कमा निषेधाज्ञा हट्यो

न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन्।

मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो। अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो।

मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए। न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो।

न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए। तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए  

प्रकाशित मिति: : 2020-06-09 05:37:24

प्रतिकृया दिनुहोस्