गण्डकी प्रदेशका थप २४ जनामा कोरोना संक्रमण, संक्रमित १४४ पुगे

गण्डकी प्रदेशमा मंगलबार बिहान थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए। 

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन्। उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन्। संक्रमितहरु सबै पुरुष हुन्।

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-09 08:01:04

प्रतिकृया दिनुहोस्