उद्धार उडानको भाडा तय, कहाँबाट आउन कति, कुन देशमा कहिले हुन्छ उडान?

सरकारले मुलुकबाहिर रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका र भाडा दर तय गरेको छ।

कोराना संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण विश्वका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिक उद्धारमा लागि निश्चित भाडा दरमा राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री योगेश कुमार भट्टराईको नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडा र समयसमेत निर्धारण गरेको छ।

पहिलो चरणको उद्दार उडानका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।

सिसीएमसीलाई बुझाएको  तालिका अनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुनेछन्। यसमा नेपाल एयरलाइन्सका २४, हिमालय एयरलाइन्स १९ र  विदेशी २४ वटा उडान हुने गरी ६७ वटा उडान तय भएको छ।

मिति

उडान हुने ठाउँ

जेठ २९

कुवेतमा (२ उडान)

जेठ ३२

बांगलादेश

असार १

माल्दिभ्स,मलेसिया,साउदी अरब,सिंगापुर/कम्बोडिया,ओमन

असार २

दुबई,कतार,कुवेत,श्रीलंका(कम्बोडिया)/माल्दिभ्स

असार ३

बैंकक,बहराइन,बांगलादेश,कतार,सयुक्त राज्य अमेरिका

असार ४

साउदी(रियाद),दुबइ,मलेसिया,ओमन

असार ५

जापान (नारिता),कुवेत,साउदी अरब,नाइजेरिया

असार ६

साइप्रस,मलेसिया,कतार,आबुदाबी (संयुक्त अरब इमिरेट्स),बंगलादेश,युरोपियन युनियन

असार ७

दक्षिण कोरिया,ओमन,कुवेत,मलेसिया

असार ८

अष्ट्रेलिया,बैंकक,पाकिस्तान,कतार

असार ९

जापान(नारिता),माल्दिभ्स,आवुदाबी,युगान्डा

असार १०

साउदी अरब,कुवेत

असार ११

सयुक्त राज्य अमेरिका, साइप्रस/इजरायल

भाडादर

विभिन्न गन्तव्यबाट काठमाडौंसम्मको भाडादर (अमेरिकी डलरमा)

बंगलादेश

१६५

नयाँ दिल्ली

२०५

मुम्बई

३१०

बैंलोर

३३५

बैंकक

३९०

कम्बोडिया

४००

दुबई

५००

आबुदाबी

५००

सारजाह

५००

माल्दिभ्स

५०५

ओमान

५१०

क्वालालाम्पुर

५२०

दोहा

५४५

बहराइन

५४५

हङकङ

५५०

कुवेत

५७०

दमाम साउदी

५९०

रियाद साउदी

६३०

जेद्दा साउदी

७७०

जोर्डन

८१५

साइप्रस

८७५

नारिता जापान

९३५

खार्तुन, सुडान

९४०

फ्याङ्कफर्ड

१२५५

लण्डन

१३४०

 

प्रकाशित मिति: : 2020-06-10 23:50:28

प्रतिकृया दिनुहोस्