कलाकार बाबा पाख्रिनलाई पार्टीमा स्वागत गर्दै प्रचण्डले भने: माओवादीको विजय यात्रा सुरु भयो

Break n Links
Break n Links

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरूलाई पार्टीमा भित्र्याएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा-काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पीडित वर्गका लागि एवम् जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’

उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरू पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए।

साथै कलाकार बाबा प्राख्रिनले युवाहरू राजनीतिका आउनुपर्ने धारणा राखे।

प्रकाशित मिति: : 2025-07-05 21:19:00

प्रतिकृया दिनुहोस्