युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश

इटालियन च्याम्पियन युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। 

शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्ट्स फाइनलमा प्रवेश गरेको हो। पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो।

युभेन्ट्सले अब उपाधिका लागि इन्टर मिलान र नेपोलीबीच दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ। 

पहिलो लेगमा नेपोलीले इन्टरमाथि १-० को जित दर्ता गरेको थियो। दोस्रो लेग नेपोलीको मैदानमा शनिबार हुनेछ।

प्रकाशित मिति: : 2020-06-13 05:12:36

प्रतिकृया दिनुहोस्