क्लबको लोगो अंकित मास्क बजारमा, बार्सिलोनाको मूल्य उच्च

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस युरोपमा संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि सुचारु हुन थालेका छन्। यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल खेलाइदै छ।

यसका बाबजुद क्लबहरुले समर्थकमाझ पुग्न अनेक रणनीति अगाडी सारेका छन्। त्यसमध्य एक क्लबको लोगो अंकित मास्क बजारमा तथा अनलाइनमार्फत उपलब्ध समेत गराका छन्।

स्पेनिस पत्रिका अपुसेटा देपोर्तिभाले गरेको अध्ययन अनुसार संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन्।

टोलीअनुसार मास्कको मुल्य भने फरक रहेको छ। स्पेनमा ८ क्लबले मास्क बजारमा ल्याएका छन् । अधिकांश क्लबले एक प्रति भन्दापनि प्याकेटमा मस्क बेच्न राखेका छन्।  

क्याटलान क्लब बार्सिलोनाले १८ युरोमा मास्क बेचेको छ। यो नै युरोपको फुटबल टोलीमध्य सर्वाधिक मूल्यको मास्क हो। 

लिग सुचारु भइसकेको जर्मनीमा १८ मध्य १६ क्लबले मास्क बजारमा ल्याएका छन्। जर्मनीमा शीर्ष श्रेणीका लाइप्जिग र पाडेरबर्नले मात्र मास्क बनाएका छैनन्।

यता इंग्लिस क्लब म्यानचेस्टर सिटी, एस्टन भिल्ला र एभर्टनले तीन मास्कको प्याकेटलाई १९ युरो लिने गरेका छन्।

क्र.स

कल्ब

लिग

मूल्य

एस्टन भिल्ला

प्रिमियर लिग १९ युरो (एक प्याकेटमा ३ प्रति)
एभर्टन प्रिमियर लिग १९ युरो (एक प्याकेटमा ३ प्रति)
म्यानचेस्टर सिटी प्रिमियर लिग १९ युरो (एक प्याकेटमा ३ प्रति)
एफसी बार्सिलोना लालिगा १८ 
अलाभेस लालिगा १५ 
राेमा सिरी ए १५
पीएसजी लिग १ १५ 
एट्लेटिको म्याड्रिड लालिगा ११.९५ 
सेभिल्ला लालिगा ९.९ युराे
१० बायर्न म्युनिख बुन्डेसलिगा ८.९५ युरो
11

लिभरपुल

 प्रिमियर लिग ७.८ युरो
१२ टोटेनह्याम प्रिमियर लिग  ७ युरो
१३

इन्टर मिलान

सिरी ए  ६.९ युरो
१४ युभेन्ट्स सिरी ए  ६.९ युरो
१५

एसी मिलान 

सिरी ए ६.९ युरो
१६

बायर लेभरकुसन

बुन्डेसलिगा २.९९ युरो
१७

बोरुसिया मोन्चेन्ग्लाडबाक

बुन्डेसलिगा २.९९ यूराे

 

प्रकाशित मिति: : 2020-06-13 05:45:57

प्रतिकृया दिनुहोस्