आर्सनलमाथि म्यानचेस्टर सिटीको सहज जित

कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गतका खेलहरु सुरु भएका छन्। बन्द रंगशालामा खेलहरु सुरु भएका हुन्।

बिहिबार बिहान भएको खेलमा सिटीले आर्सनललाई ३–० ले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रहिम स्टर्लिङ, केभिन डी ब्रुईन र फोडिनले एक एक गोल गरे।

सिटीका लागि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा स्ट्रर्लिङ्गले गोल गरेर सुरुवाति अग्रता दिलाए।

आर्सनलका डेबिड लुईज ४९ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो। लुईस पहिलो हाफमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका थिए। 

५१ औँ मिनेटमा पेनाल्टी बक्सभित्र रियाद महरेजमाथि फल गरेपछि सिटीले पेनाल्टी प्राप्त गर्यो।  

पाएको पेनाल्टीमा ब्रुयनाले गोल गरेपछि सिटीको अग्रता दोब्बर भयो। 

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फिल फोडिनले दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै सिटीलाई सहज जित दिलाए।

तालिकाको दोस्रो स्थानको सिटीले ६० अंक जोडेको छ। उसले तेस्रो स्थानको लेस्टर युनाईटेडसंग ७ अंकको अग्रता लिएको छ। आर्सनल ४० अंक सहित नवौं स्थानमा छ।

बुधबार रातिनै भएको खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

जसले रेलिगशेन जोनमा रहेको एस्टन भिल्लामाथि दबाब थपिएको छ। सेफिल्ड युनाइटेडले समेत लिगका शीर्ष ५ भित्र उक्लिने मौका गुमाएको छ।

प्रकाशित मिति: : 2020-06-18 06:13:45

प्रतिकृया दिनुहोस्