दोस्रो स्थानको डर्टमुण्ड रेलिगेशनमा रहेकाे मेन्जसँग पराजित

जर्मन बुण्डेस लिगा फुटबलमा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड पराजित भएको छ। 

अवे मैदानमा बुधबार राति भएको खेलमा बोरुसिया मेन्ज ०५ सँग २–० ले पराजित भएको हो। मेन्जका लागि बुर्कार्डट् र मातेताले गोल गरे।

३३ औँ मिनेटमा बुर्कार्डट् र ४९ औँ मिनेटमा पाएको पेनाल्टीमा मातेताले गोल गरेका थिए। जितपछि मेन्जको रेलिगेशनबाट जोगिने सम्भावना बढेको छ।

Belgium midfielder Axel Witsel is grounded as Dortmund slump to a first defeat in four games

पराजयले उपाधि पक्का गरिसकेको शीर्ष स्थानको बार्यन म्युनिखसँगको अंक दूरी कम गर्ने मौका बोरुसियाले गुमाएको छ। 

बोरुसिया बार्यन भन्दा १० अंकले पछि परेको छ। ३२ खेलबाट बार्यनको ७६ तथा बोरुसियाको ६६ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-06-18 06:27:41

प्रतिकृया दिनुहोस्