यी ३० युरोपेली राष्ट्रले गर्दैछन् यात्रा प्रतिबन्ध खकुलो

लामो समयदेखि जारी लकडाउन युरोपियन मुलुकहरूले क्रमशः खुलाउँदै गएका छन्। यो सँगै युरोपभरका मुलुकले सीमा प्रतिबन्धसमेत सहज बनाउन थालेका छन्। केही राष्ट्रले आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाईसमेत स्वागत गर्न थालिसकेका छन्।

युरोपियन युनियनका अधिकांश देशले युरोपेली आयोगको सुझाव अनुसार आन्तरिक सीमाना १५ जुनदेखि खुलाइसकेका छन्। सोही सुझाव अनुसार युरोपियन युनियन मुलुकमा प्रवेश गर्ने अर्न्तराष्ट्रिय पर्यटकका लागि आगामी जुन ३० पछि अन्तर्राष्ट्रिय पर्यटकमाथि लागेको अस्थायी प्रतिबन्ध हटाउने तयारीमा छन्।

बेल्जियम, फिनल्यान्ड, फ्रान्स र जर्मनीसहितका केही मुलुकहरू जुन १५ देखि यूरोपियन मुलुकका पर्यटकका लागि अन्तराष्ट्रिय सीमा खुलाएका छन्।

यद्यपी बेलायत प्रवेश गर्ने सबै आगन्तुकले कम्तिमा १४ दिनको लागि सेल्फ-आइसोलेट गर्नुपर्दछ। यदि यस्तो नगरेमा एक हजार पाउण्ड जरिवाना तिर्नुपर्नेहुन्छ। आगमनको बेला सम्पर्क र आवासकोसमेत सबै जानकारी सम्बन्धित निकायलाई बुझाउनुपर्नेहुन्छ। यदि यहाँ पनि झुठ बोलेमा थप जरिवाना तिर्नुपर्नेहुन्छ।

बेलायतले तत्कालका लागि आयरल्यान्डबाट आएका यात्रीलाई मात्र छुट दिइएको छ। ट्राभल एजेन्सी र एयरलाइन्सले क्वारेन्टाइनका उपायहरू खारेज गर्न माग गरिरहेका छन्।

उनीहरूले बेलायतमा आएका पर्यटकलाई पनि स्वदेश फर्कने बेला रोक्न सक्नेछन् र अरू देशले पनि बेलायतको जस्तै समान क्वारेन्टाइनको आवश्यकता लागू गराउनेछन् भन्दै सरकारलाई हवाई पुलको निर्माण गर्न आग्रह गरिरहेका छन्। यसबाट युके र कोरोनाभाइरस नियन्त्रण गरिएको देशहरू बिच सहज यात्रा गर्न अनुमति दिने उनीहरूमा योजना छ। ५०० भन्दा बढी ट्राभल कम्पनीको समूहले यसबारे ‘सरकारी आश्वासन’ आएको दाबी गरेका छन्। सरकारले उनीहरूलाई जुनको अन्त्यसम्ममा यो सबै प्रावधान हटाउने भने पनि अहिलेसम्म सार्वजनिक घोषणा भएको छैन।

यसैबीच पोर्चुगलका विदेश मन्त्री अगस्टो सान्टोस सिल्भाले पनि बेलायत र पोर्तुगल बीचको हवाई पुलमा सहमति हुने आशा लिएका छन्।

अल्बानिया

अल्बानियाका स्थलमार्गका सीमाहरू अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला छन्। तर व्यावसायिक उडानहरू प्रतिबन्धित छन्। आन्तरिक यात्रा अनुमति दिएको छ। होटल, पसल, रेस्टुरेन्ट, समुद्र तट, बच्चाहरूको लागि भित्री गतिविधि केन्द्रहरू, खेल केन्द्रहरू, पौंडी पोखरी, इन्टरनेट क्याफेहरू र सांस्कृतिक केन्द्रहरू खोल्न अनुमति छ। यद्यपी सार्वजनिक यातायात अर्को महिनादेखि बिस्तारै सुरू गर्ने योजनामा अल्बानिया सरकार रहेको छ।

अस्ट्रिया

अष्ट्रियामा इयुका शेन्जेन जोन र बेलायतका पर्यटकको लागि सीमाहरू खुला छन्। युके, स्वीडेन, स्पेन र पोर्चुगल बाहेक देशका नागरिकको आगमनमा कोरोनाभाइरस नभएको प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ। प्रमाणपत्र बिना १४ दिन को लागि आइसोलेशनमा बस्नुपर्नेछ।

भियना एयरपोर्टमा १९० युरोमा तिरेपछि कोरोना परीक्षण हुन्छ। ट्रान्जिट पर्यटकले बिना प्रमाणपत्र यात्रा गर्न पाउनेछन्। सीमापार यात्री ट्रेनले पनि सीमित सेवा सञ्चालन गरिरहेका छन्।

भियना, ईन्सब्रक र साल्जबर्ग एयरपोर्ट सिमित सेवासहित सञ्चालनमा छन्। रेस्टुरेन्ट, बार र होटल खुला छन्। यद्यपी सार्वजनिक यातायात, सार्वजनिक स्थान र पसलहरूमा जाँदा मास्क अनिवार्य छ।

बेल्जियम

इयु, शेन्जेन जोन र बेलायतका पर्यटकका लागि बेल्जियम खुला छ। बेलायतका साथ केही अप्रत्यक्ष उडानहरू आवश्यक यात्राको लागि परिचालन गरिरहेका छन्। यूरोस्टारको सेवा कम छ, सार्वजनिक यातायात चलिरहेको छ र मास्क अनिवार्य छ। ट्रान्जिटको लागि निवासको प्रमाण र अगाडि यात्रा आवश्यक छ। पसल, संग्रहालय, बार, रेष्टुरेन्ट र केही पर्यटकीय आकर्षणहरू खुला छन्। साना खुला गतिविधिको लागि अनुमति लिनुपर्ने हुन्छ।

रातको क्लब खोल्ने सँगै प्रमुख कार्यक्रमहरू आगामफ अगस्टसम्म निषेध छ। १०० व्यक्ति भन्दा कमको गैर सम्पर्क खेल र धार्मिक जमघटलाई सरकारले अनुमति दिएको छ।

आगामी जुलाई एकदेखि सांस्कृतिक र खेलकुद कार्यक्रममा २०० व्यक्तिको सहभागितालाई अनुमति दिने सरकारको तयारी छ।

बुल्गेरिया

बेलायत, इयु र शेन्जेन देशहरूबाट आएका पर्यटकहरूको सीमा लागि खुला छन्। हाल सबै आगन्तुकले १४ दिन सेल्फ आइसोलेशनमा बस्नुपर्छ। बेलायतमा केही सीधा उडानहरू बुल्गेरियाले चलाइरहेका छन्। यहाँ ट्रान्जिट अनुमति दिएको छ। केही होटल र स्विमिङ पुल, व्यक्तिगत आउटडोर खेलका लागि खुला गरिएको छ।

पहाड र राष्ट्रिय पार्कहरू पनि भ्रमण गर्न अनुमति छ। संग्रहालयहरू, ग्यालरी र सिनेमाघरहरू सीमित क्षमतामा खुला छन्। सार्वजनिक यातायात गर्दा र सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य छ।

क्रोएशिया

बेलायत र युरोपियन देशका पर्यटकको लागि अन्तर्राष्ट्रिय सीमा खुला छ। आगन्तुकले अगाडिनै अनलाइन फारम भर्नुपर्छ। चेक गणराज्य, हंगेरी, अस्ट्रिया, इस्टोनिया, लाटभिया, लिथुआनिया, पोल्याण्ड, स्लोभेनिया, जर्मनी र स्लोभाकियाका पर्यटकलाई भने केही समय प्रतिवन्ध जारी छ।

पार्क, समुद्र तट, पसल, संग्रहालय, होटल र आउटडोर रेस्टुरेन्ट र बारहरू खुला छन्। केही सार्वजनिक यातायात सञ्चालनमा छन्। केही अन्तर्राष्ट्रिय तथा घरेलु उडान र ट्रान्जिटलाई अनुमति दिएको छ। जुन महिनाभरि अन्तर्राष्ट्रिय उडानहरू बढ्नेछन्।

साइप्रस

महामारीलाई चाडै नियन्त्रण गरेको साइप्रसले पर्यटकका लागि सीमाहरू खुला गरेका छन्। (श्रेणी ए का १३ देशलाई कुनै प्रतिबन्ध लगाएको छैन। श्रेणी बि का ६ वटा मुलुकले साइप्रस प्रवेशका लागि स्वास्थ्य प्रमाणपत्र देखाउनुपर्नेछ। नभए जरिवाना स्वरूप ६० युरो तिर्नुपर्ने हुन्छ। बेलायती नागरिकलाई भने अनुमति दिइएको छैन।

१० जुनदेखि सहजताको लागि क्याफे, रेस्टुरेन्ट तथा समुद्री तटको प्रयोग खुला गरेको छ। बाहिरि पार्क, आउटडोर खेल क्षेत्र र मरीनाहरू २१ जुन देखि खोल्नेछन्। यद्यपी एकै पटकमा १० जना भन्दा कम मानिस मात्र भेला हुन पाउनेछन्।

चेक गणतन्त्र

इयु, शेन्जेन जोन र बेलायती पर्यटकको लागि सीमा खुला छन्। यद्यपि यी देशहरू साप्ताहिक रुपमा मूल्याङकन हुनेछन् र जोखिम अनुसार वर्गीकृत हुनेछन्। केही आगमनमा परीक्षणको अधीनमा हुनेछन्। बेलायत एक उच्च जोखिम भएको देश मानिन्छ। मध्यम वा उच्च जोखिम मानिएका देशहरूले नेगेटिभ परीक्षा परिणाम प्रस्तुत गर्नैपर्छ। ७२ घण्टा भित्र नेगेटिभ नतिजाको परीक्षण सक्नेछ वा १४ दिनको लागि स्व-अलग बस्न सक्नेछ।

आवश्यक यात्राको लागि मात्र प्राग एयरपोर्ट खुला गरेको छ। बेलायतका लागि सीमित अप्रत्यक्ष उडानको साथ निवासको प्रमाण र अगाडि यात्राको साथ ट्रान्जिट अनुमति छ। घरेलु यात्राको अनुमति पनि छ। पसल, आउटडोर रेस्टुरेन्ट, पब, संग्रहालय र अन्य सांस्कृतिक संस्थानहरू खुला छन्। यहाँ ५०० जनासम्म व्यक्तिको साथ कार्यक्रम राख्न पाइन्छ।

होटल, आउटडोर क्याम्पसाइटहरू र अन्य आवासहरू खुलेका छन्। सार्वजनिक रूपमा मास्क लगाउने नियमहरू पनि सहज पारिएका छन्, तर अझै पनि सार्वजनिक यातायातमा अनिवार्य छन्।

डेनमार्क

नर्वे, जर्मनी र आइसल्याण्डका पर्यटकको लागि डेनमार्कका सीमा खुला छन्। तर आगमनमा आवास बुकिङको प्रमाण देखाउनुपर्छ। स्वीडेन र फिनल्याण्ड बिच यात्रा समीक्षा भइरहेको छ।

व्यवसायिक यात्री उडानहरू सञ्चालनमा छन्, कोपेनहेगनदेखि ग्रीनल्याण्ड र फारो टापुको लागि बेलायतमा ट्रान्जिट गर्न सक्छन्।

पसल, पार्क र केहि होटलहरू खुला छन्, र सार्वजनिक यातायात सञ्चालनमा छन्। रेस्टुरेन्ट, बार, खेल सुविधाहरू, सिनेमा घर र थिएटरहरु पनि खुला छन्।

इस्टोनिया

बेलायत, इयु र शेन्जेन देशबाट आएका पर्यटकका लागि सीमाहरू खुला छन्। हाल बेलायत, स्वीडेन, बेल्जियम, आयरल्यान्ड, पोर्चुगल, माल्टा र स्पेनबाट आउने पर्यटकले १४ दिनको लागि स्वयं-अलग्गै बस्नुपर्नेछ।

हरेक शुक्रबार सूची संशोधित हुनेछ, र कोरोनाभाइरस संक्रमित प्रति १० लाख बासिन्दामा १५ वा त्यो भन्दा कम मानिस छन् भन्नेमा निर्भर गर्दै सूची परिवर्तन हुनेछ। टापुहरूसहित आन्तरिक यात्राको लागि अनुमति दिएको छ। होटल, संग्रहालय, पौंडी पोखरी र अन्य मनोरञ्जन सुविधाहरू खोल्न अनुमति छ। रेस्टुरेन्ट र बारहरू बेलुका १० सम्म खुला रहन्छन्।

फिनल्याण्ड

नर्वे, डेनमार्क, आइसल्यान्ड, इस्टोनिया, लाटभिया र लिथुआनियाका पर्यटकलाई फिनल्याण्ड सिमा खुला छ। अन्य इयु मुलुकका पर्यटकलाई जुन अन्तिमसम्ममा अनुमति दिने योजनामा फिनिश सरकार रहेको छ।

केहि अन्तर्राष्ट्रिय उडानहरू सञ्चालित छन्, यहाँ ट्रान्जिट उडान अनुमति छ। पसल र सांस्कृतिक संस्था रातको ११ बजेसम्म खोल्न पाइन्छ। जबकी ५० जना सम्म व्यक्तिको भेलालाई अनुमति दिएको छ। जुलाईदेखि ५०० जनाको इभेन्टलाई अनुमति दिने योजनामा छ।

फ्रान्स


बेलायत, शेन्जेन जोन र ईयु देशका पर्यटकको लागि फ्रान्सका सीमाहरू खुला छन्। हाल, युके र स्पेनबाट आएका पर्यटकद्ये १४ दिनको लागि सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ। यस्तै युरोप बाहिरबाट आएका यात्रुले पनि कम्तिमा १४ दिन 'स्वयं-आईसोलेशनमा बस्नुपर्ने हुन्छ। साथै निरोगिताको प्रमाणपत्र बुझाउनुपर्ने हुन्छ।

सार्वजनिक यातायात केही मात्रामा चल्न सुरू गरेका छन्। सार्वजनिक स्थानमा निस्कँदा मास्क अनिवार्य छ। पसल, रेस्टुरेन्ट, बार, संग्रहालय, समुद्री तट र पार्कहरू खुला छन्।

पिएण्डओ र डीएफडीएसले क्रस-च्यानल मार्गमा केही संख्यामा जहाजहरू चलिरहेका छन्। केही उडानहरूसमेत सञ्चालनमा छन्। यूरोस्टारले पेरिस र लन्डनबीच सीमित सेवा चलिरहेका छन्।

जर्मनी


बेलायत, शेन्जेन जोन र इयु देशहरूबाट आएका पर्यटकहरूको लागि जर्मनीका सीमा खुला छन्। बाँकी मुलुकका लागि आगामी अगष्टसम्म सीमा नाका बन्द छ।

आन्तरिक रेलहरू सञ्चालनमा छन्। पसल, रेस्टुरेन्ट र केही होटलहरू खुला छन्। ठूला इभेन्ट कार्यक्रम जस्तै चाडहरू अगस्टपछिमात्र सुरू हुन्छ।

ग्रीस

अन्तर्र्राष्ट्रिय पर्यटकहरूको लागि ग्रिस सीमा खुला छ। ग्रिसले उच्च जोखिम मानिएको गन्तव्यको सूची बनाएरब केहीब यात्रालाई बसहज बनाएको छ। ग्रिस छिर्ने नागरिकले निरोगिताको प्रमाण पेश गर्नुपर्ने हुन्छ। त्यसपछि ७ दिन शेल्फ क्वारेन्टाइनमा बस्न अनिवार्य छ।

सूचिकृत देश अल्बानिया, अष्ट्रेलिया, अष्ट्रिया, बुल्गारिया, चेक गणराज्य, चीन, क्रोएशिया, साइप्रस, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, हंगेरी, इजरायल, जापान, लाटभिया, लेबनान, लिथुआनिया, माल्टा, मोन्टेनेग्रो, न्यूजील्याण्ड, नर्वे, उत्तर म्यासेडोनिया, रोमानिया, सर्बिया, स्लोभाकिया, स्लोभेनिया, दक्षिण कोरिया र स्वीजरल्याण्डबाट आउने उडानका यात्रीलाई अनिवार्य १४ दिन आइसोलेशनमा बस्नुपर्ने हुन्छ।

केहि घरेलु उडानहरू र फेरीहरू सञ्चालनमा छन्। सबै एजियन र आइओनियन टापुहरूमा यात्रा अनुमति छ। एथेन्स र थेसलोनिकी एयरपोर्ट खुला छन्। पसलहरूमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ। होटल, पसल, बार र रेष्टुरेन्टहरू खुला छन् र जुन महिनाभर मल, सिनेमा, मनोरञ्जन पार्क, खेल मैदान र खेल सुविधाहरू बन्द छ। सार्वजनिक यातायात र ट्याक्सी चलेका छन् (प्रति ट्याक्सी दुई यात्री सम्म)।

हंगेरी


अस्ट्रिया, चेक गणराज्य, क्रोएशिया, जर्मनी, रोमानिया, सर्बिया, स्लोभाकिया र स्लोभेनियाका पर्यटकका लागि हंगेरीको सीमा खुला छ। यहाँ सीमित उडानहरू सञ्चालनमा छन्।

बुडापेस्टमा पसल, पार्क, बार र रेष्टुरेन्टहरू खुला छन्, र अन्यत्र होटेलहरू पनि पुनः खोल्न अनुमति छ। देशभरि सार्वजनिक यातायात र ट्याक्सीहरू र पसलहरूमा मास्क प्रयोग गर्न अनिवार्य छ।

आइसल्याण्ड

शेन्जेन र इयुका देशहरु, र बेलायती पर्यटकलाई सिमा खुला छ। यद्यपी सबै आगन्तुकले कोरोनाभाइरसको परीक्षण गर्न वा १४ दिनको सेल्फ आइसोलशन बस्न अनिवार्य छ। सन् २००५ देखि यता जन्मेकाले यो छुट पाउनेछन्। प्रारम्भिक दुई साताका लागि परीक्षण नि: शुल्क हुनेछ, त्यसपछि ९० पाउण्ड लाग्नेछ।  आगमनहरूले देशको ट्रेसिङ एप्स डाउनलोड गर्न लगाइन्छ।

धेरै जसो होटेलहरू, आकर्षणहरू, रेस्टुरेन्टहरू, नाइटक्लबहरू, जिम र पसलहरू खुला छन्। सामाजिक दुरी राखेर ५० जनासम्म सार्वजनिक जमघटको अनुमति छ ।

आयरल्यान्ड

केही उडान र नौका सेवाहरू आयरल्यान्ड र बेलायत बीच सञ्चालन छ। सबै आगन्तुकले अनिवार्य १४ दिनको सेल्फ आइसोलेसनको बस्नुपर्ने हुन्छ। आयरल्याण्डमा हुँदा आवासको विवरण प्रदान गर्नुपर्दछ। बेलायतका नागरिकहरू सेल्फ आइसोलेसन विधिबाट युके फर्कने क्रममा छुट दिइनेछ।

सार्वजनिक यातायात सीमित छ, रेस्टुरेन्ट र केही पबहरू २९ जुनमा खुल्नेछ, होटल, संग्रहालय र ग्यालरीहरू २० जुलाईबाट खुल्नेछन्।

इटाली

अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि खुला रहेको इटाली ईयु, शेन्जेन क्षेत्र र युके बाहिरका यात्रीले अनिवार्य १४ दिनको लागि सेल्फ आइसोलेट गर्नुपर्छ। यहाँका बार, रेस्टुरेन्ट, गैर-आवश्यक पसल, पार्क र संग्रहालयहरू खुला छन्।

धेरै एयरपोर्टहरू बन्द छन्। ट्रान्जिट अनुमति राखिकएको छ। रेल सेवाहरु कमै मात्रमा सञ्चालन छन्। सार्वजनिक स्थानहरूमा मास्क अनिवार्य छ।

लाटभिया

स्विट्जरल्याण्ड, इयु र इइए देशहरू, बेलायतसहित पर्यटकहरूको लागि लाटभियामा सीमा खुला छ। यद्यपि, सबै यात्रुहरूले स्वयं-अलग गर्नुपर्नेछ जबसम्म उनीहरूको मूल देशमा विगत  १४ दिनमा कोरोनाभाइरस संक्रमित प्रति १ लाख बासिन्दाहरूमा १५ वा कम मानिस छन्।

उच्च जोखिम र मुक्त देशहरूको सूची प्रत्येक शुक्रवार अपडेट हुनेछ। व्यावसायिक यात्री उडानहरू निलम्बित छन् ।

लिथुआनिया

स्विट्जरल्याण्ड, इयु र इइए देशहरू, बेलायत सहितका पर्यटकहरूको लागि सिमा खुला छ। यद्यपि सबै यात्रुहरूले स्वयंलाई अलग गर्नुपर्नेछ जबसम्म उनीहरूको मूल देशमा गएको १४ दिनमा कोरोनाभाइरस संक्रमित प्रति १०,००,००० बासिन्दाहरूमा २५ वा कम मानिस हुनपर्नेछ।

उच्च जोखिम र मुक्त देशहरूको सूची प्रत्येक सोमबार अपडेट हुनेछ। यी उपायहरु १६ जुनसम्म पुन: आँकलन गरिनेछ। सीमित व्यवसायिक यात्री उडानहरू सञ्चालनमा छन्। पसलहरूमा, कार्यक्रमहरूमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ।

५ भन्दा बढी व्यक्तिको जमघट, वा १५ मिनेटभन्दा लामोको लागि अनुमति छैन, तर निजी र संगठित सार्वजनिक कार्यक्रमहरू ३० जना सम्म व्यक्तिहरूको लागि अनुमति छ।

होटलहरू, रेस्टुरेन्टहरू, पौंडी पोखरीहरू, रात्री क्लब र आर्केड बेलुका १० बजेसम्म खोल्न पाइन्छ।

लक्जेम्बर्ग

लक्जेम्बर्गमा जर्मनीका पर्यटकहरूको लागि सीमाहरू खुला छन्। बेलायतका नागरिकहरूको अनावश्यक यात्रा वा व्यवसायिक यात्री उडानहरू बन्द छ। रेस्टुरेन्टहरू, पसल र होटेल खुला छन्। बाहिरी गैर सम्पर्क खेलहरूसमेत खुलेका छन्। सुपरमार्केटमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ।

माल्टा

अस्ट्रिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, एस्टोनिया, फिनल्यान्ड, जर्मनी, आइसल्याण्ड, आयरल्यान्ड, इजरायल, हंगेरी, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, नर्वे, सार्डिनिया, सिसिली, स्लोभाकिया, स्विजरल्याण्डका यात्रुलाई १ जुलाईदेखि माल्टा खुला हुनेछ।

बेलायती नागरिक वा अन्य पर्यटकको गैर-आवश्यक यात्रा बन्देज छ। हाल सबै आगन्तुकले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। पसल र सार्वजनिक यातायातमा मास्क अनिवार्य छ। केहि होटलहरू सँगै केही रेस्टुरेन्टहरू र गैर-आवश्यक पसलहरू खुला छन्।

नेदरल्याण्ड्स

युरोपियन युनियन, शेन्जेन देशहरू र बेलायतका पर्यटकहरूको लागि बोर्डरहरू खुला छन्। १ जुलाईदेखि अन्यत्र पर्यटकलाई पनि अनुमति दिइनेछ।

हाल उच्च जोखिम भएको देशका यात्रीहरूले बेलायत सहित १४ दिनको लागि स्वयं-अलग रहनुपर्नेछ। आवास बुकिङको प्रमाण प्रवेशमा आवश्यक हुनसक्छ। बेलायतसँग केही उडानहरू सञ्चालन गरिरहेका छन्। यूरोस्टार २८ जुन देखि युकेसँग सञ्चालन हुने छ। पसल र केही होटल खुला छन्।

सार्वजनिक यातायातमा मास्क अनिवार्य छ। त्यस्तै आउटडोर रेस्टुरेन्ट र बारहरू खुला छन्, सामाजिक दूरीको साथ थिएटर, संगीत स्थलहरू, संग्रहालय र सिनेमाघर खुलेका छन्। क्याम्पसाइटहरू र छुट्टी पार्कहरू खुला छन्, र सुविधाहरू १ जुलाईमा खोलिने छन्। १ सेप्टेम्बर देखि १०० कन्सर्ट र १०० जना सम्मको भेला, इभेन्टस् , कन्सर्ट र पर्व उत्सवहरूको अनुमति दिइनेछ।

नर्वे

डेनमार्क र फिनल्याण्डबाट आउने पर्यटकहरूको लागि सीमाहरू खुला छन्। अन्य पर्यटकहरू नर्वेमा बन्देज गरिएको छ। केहि उडानहरू बेलायत र ट्रान्जिटसँग सञ्चालन भइरहेको छ । केहि होटल, पसल र रेष्टुरेन्टहरू खोलिएका छन्। ५० जना सम्म संगठित कार्यक्रमहरू अनुमति दिइएको छ। केही पार्क, संगीतस्थलहरू, ग्यालरीहरू र अन्य सांस्कृतिक संस्थानहरू खुलेका छन्।

पोल्याण्ड

ईयुबाट आएका पर्यटकको लागि बोर्डरहरू खुला छन्। केही घरेलु उडानहरू चलेका छन्। आवश्यक यात्राका लागि अन्तर्राष्ट्रिय उडानसमेत खुला छ। थप व्यावसायिक यात्री उडानहरू १६ जुलाई देखि खुल्नेछन्। होटेल र समुद्री तटलाई पुन: खोल्न अनुमति छ, र अधिकांश पसल, रेस्टुरेन्ट, बार, संग्रहालय, ग्यालरी र राष्ट्रिय निकुञ्जहरू पनि खुला छन्।

शहरी बाइक योजनाहरू र केहि सार्वजनिक यातायात सञ्चालनमा आएका छन्। सार्वजनिक स्थलमा मास्क अनिवार्य छ ।

पोर्चुगल


अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि पोर्चुगलका हवाई मार्ग र सिमा खुला छन्। स्पेनसँग भूमि सीमा अर्को सूचना नआउन्जेल बन्द छ। अन्तर्राष्ट्रिय एयरलाइन्स बिस्तारै बढ्दैछ, र हवाईमार्फत आउनेहरूलाई स्वास्थ्य जाँच गर्नुपर्नेछ  तर क्वारेन्टाइन भने अनिवार्य छैन।

केही क्षेत्रीय टुरिस्ट बोर्डहरूले माडेइरा र पोर्टो सान्तो लगायत क्षेत्र १ जुलाईदेखि खोल्ने योजना बनाएका छन्। यसका लागि यात्रुको कोरोना परीक्षण अनिवार्य गरिने भएको छ। एल्गारवेमा धेरै होटल र समुद्र तटहरू खुला छन्। मुलुकभर सार्वजनिक यातायात एक कम क्षमतामा चलिरहेको छ, जहाँ देशका अधिकांश भागहरूबाट लिस्बन शहर केन्द्रमा रेल र बस लिंकहरू छन्, र ट्याक्सीहरू अझै कार्यरत छन्। समुद्री तट र क्याम्पसाइटहरू खुला छन् र धेरै क्षेत्रहरूमा रेस्टुरेन्टहरू र बारहरूलाई सीमित क्षमतामा खोल्न अनुमति छ।

रोमानिया

इयु, स्वीजरल्याण्ड र ईईए देशहरू लगाएत बेलायतले पर्यटकहरूको लागि रोमानियाको सिमाना खुला छन्। यद्यपी सबै आगन्तुकले १४ दिनको सेल्फ आइसोलेट अनिवार्य छ। घरेलु यात्राहरुको अनुमति छ।

होटल, खुला एयर संग्रहालय र आकर्षण रेस्टुरेन्ट तथा बारको खुला छन्।

सार्वजनिक स्थल र सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिएको छ । बिभिन्न परिवारका ३ भन्दा बढी व्यक्तिको भेलालाई अनुमति छैन। पार्क र समुद्र तटहरू खुला छन्, र बाहिरी कार्यक्रमहरूको लागि ५०० जना सम्मको उपस्थितिहरूलाई अनुमति छ।

स्लोभाकिया

अस्ट्रिया, हंगेरी र चेक गणराज्यका पर्यटकलाई स्लोभाकियाका सीमा खुला छन्। यहाँ केही उडान र ट्रान्जिट उडानका लागि अगाडि यात्राको प्रमाण सहित अनुमति दिइएको छ। सबै आगन्तुक १४ दिनको लागि सेल्फ आइसोलेट अनिवार्य छ।

केही पसल, आउटडोर बजार, गैर-सम्पर्क खेल स्थल, बाह्य पर्यटकीय आकर्षण, बार र रेस्टुरेन्टको आउटडोर क्षेत्र, संग्रहालय, ग्यालरी र छोटो खानपिन विनाको दीर्घकालीन आवास  खुला छन्।

ट्याक्सीहरू र केहि सार्वजनिक यातायात सञ्चालनमा छन र  सार्वजनिक स्थानमा मास्क अनिवार्य छ।

स्लोभेनिया

इयु, शेन्जेन देशहरू र बेलायतका पर्यटकहरूको लागि बोर्डरहरू खुला छन्। सबै आगन्तुकहरूले १४ दिनको लागि स्वयं-अलग्गै बस्नुपर्नेछ र आवासको प्रमाण पत्र पेश गर्नु पर्नेछ।

उडानहरू सीमित छन् र अस्ट्रियासँग ट्रेन जडानहरू निलम्बित छन्। पसल, ग्यालरी, साना होटलहरू खुला छन्। बाहिरी क्षेत्रहरू र रेस्टुरेन्टहरू खुल्ला छन्।

नाइटक्लबहरू बन्द रहन्छन्। केही सार्वजनिक यातायात र ट्याक्सी सञ्चालनमा छन्। मास्क अनिवार्य छ। २०० जना सम्मको सार्वजनिक स्थानमा भेलाको अनुमति छ।

स्पेन

२१ जुनदेखि पोर्चुगल बाहेक युके, इयु र शेन्जेन देशका पर्यटकको लागि सीमा खुला छन्। हाल आगन्तुकले १४  दिनसम्म अलग्गै बस्नुपर्दछ।

होटल, समुद्री तट, संग्रहालय, बार र रेष्टुरेन्टहरू खुला छन्। सार्वजनिक स्थानहरूमा मास्क अनिवार्य छ। एयरपोर्टहरू खुला छन् तर उडान तालिका घटाइएको छ- ट्रान्जिटको पनि अनुमति छ। विश्व पर्यटन संगठनको साथ साझेदारीमा, क्यानरीहरू पनि अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि खोल्ने क्रममा डिजिटल स्वास्थ्य प्रमाणपत्र परीक्षण गर्ने जुलाईमा संसारको पहिलो गन्तव्य हुनेछ। क्यानरीहरू र बेलिएरिक्स सहित अन्तर-टापुको लागि अनुमति खुल्ला छ।

स्वीडेन

ईयु र शेन्जेन देश र बेलायतका पर्यटकको लागि बोर्डरहरू खुला छन्। छिमेकी नर्वे र डेनमार्कलगायत केहि युरोपेली देशहरूले स्विडेनबाट यात्रा गर्ने व्यक्तिहरूलाई प्रवेश अनुमति दिइरहेका छैनन्। लन्डन र स्टॉकहोम बीच सीमित उडानहरू सञ्चालनमा छन्। स्वीडेनले कहिले पनि पूर्ण रुपमा लकडाउन भएन। होटल, पसल, बार, रेस्टुरेन्ट र केही संग्रहालयहरू खुला छन् । ५० जना भन्दा बढीको ठूलो भेला अझै पनि निषेधित छन्।
 

स्वीजरल्याण्ड

इयु र इएफटिए देशहरू र बेलायतका लागि बोर्डरहरू खुला गरिनेछ। यो भन्दा अन्य देशहरूबाट भने जुलाई देखि यात्रा पुनः सुरु हुनसक्छ।

होटल, पसल, बजार र रेस्टुरेन्ट खुला छ। पाँच व्यक्ति सम्म आउटडोर खेलहरूको लागि अनुमति छ। थिएटर, संग्रहालय, सिनेमा, स्विमिङ पूल, स्की रिसोर्ट, स्पा, हिमालय सेवा र अन्य मनोरन्जन गतिविधिहरू, समर शिविरहरू सहितको व्यवसाय पुनः सुरु भएको छ।

१००० जना सम्मका ठूला इभेन्ट जुन २४ देखि पुनः सुरु हुन सक्छन्, र १००० व्यक्तिहरू भन्दा ठूला जम्घट भने अगस्टको अन्त्यमा सम्भव हुन सक्नेछ।

गार्जियन पत्रिकाको सहयोगमा प्रस्तुतिः सुरेन्द्र राना

प्रकाशित मिति: : 2020-06-21 15:09:01

प्रतिकृया दिनुहोस्