इटालियन सिरी ए फुटबल अन्तर्गत भएको खेलमा इन्टर मिलानले जित हात पारेकाे छ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा मिलानले साम्पडोरियालाई २–१ ले पराजित गरेको हो।
मिलानको जितमा रामेलु लुकाकु र लौतारो मार्तिनेजले एक/एक गोल गरेका हुन्। यता साम्पडोरियाका लागि मोर्तेन थोर्स्बीले एक सानत्वना गोल फर्काए।
लुकाकुले १० औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई सुरुवाति अग्रता दिलाए।
मिलानका लागि ३३ औँ मिनेटमा मार्तिनेजले गोल गरे। पहिलो हाफमा २–० ले पछि परेको साम्पडोरियाका लागि ५२ औँ मिनेटमा थोर्स्बीले एक गोल फर्काए पनि त्याे जितकाे लागि प्रयाप्त बन्न सकेन।
जितपछि तेस्रो स्थानको मिलानको २४ खेलबाट ५४ अंक भएको छ। मिलान दोस्रो स्थानको लाजिओ भन्दा पाँच तथा शीर्ष स्थानको युभेन्ट्स भन्दा ६ अंकले पछि रहेको छ।