रंगेलीको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना पुष्टि

रंगेली नगरपालिकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा रंगेलीका ८ का ७  र वडा नम्बर ५ का १ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतको राजधानी नयाँ दिल्लीबाट आएका थिए।  जेठ ३ आइपुगेका उनीहरुको ४ गते स्वप परीक्षण गरिएको थियो ।

स्वास्थ्य शाखाका प्रमुख भुपेन्द्र मण्डलका अनुसार संक्रमित जनता क्याम्पसको क्वारेन्टाइनमा थिए।

रंगोलीमा केही सता अगाडि दुई जनामा संक्रमण फेला परेको थियो। उनीहरु निको भएर घर फर्किएको मण्डलले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-22 18:47:20

प्रतिकृया दिनुहोस्