इंग्लिस क्लब टोटनह्यामले प्रिमियर लिग अन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडमाथि २–० को जित दर्ता गरेको छ।
खेलको ४५ औं मिनेटमा फरवार्ड सन ह्युङ मिनले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएका थिएनन्।
दोस्रो हाफमा टोटनह्यामले आत्मघाती गोलमार्फत अग्रता लियो। जिओभानी लो सेल्सोको कर्नर टोमस सौचेकको खुट्टामा लाग्दै गोल हुँदा घरेलु टोलीले अग्रता लिएको थियो।
८२ औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै जित सुनिश्चित गरे।
जितसँगै टोटनह्यामको ३१ खेलमा ४५ अंक भएको छ। सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेड भन्दा १ अंक मात्र अगाडी छ।
वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोल अन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ।