रियल मड्रिड लिगको शीर्षस्थानमा उक्लियो

रियल मड्रिड स्पेनिस ला लिगाकाे तालिकाको शीर्षस्थानमा उक्लिएको छ। 

बुधबार राति घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएकाे खेलमा मालोर्कालाई  २-० ले पराजित गर्दै मड्रिड शीर्षस्थानमा उक्लिएको हाे।

खेलको १९ औं मिनेटमा मड्रिडले भिनिसियस जुनियरको गोलमार्फत अग्रता लियो। लुका मोड्रीचले दिएको पासलाई भिनिसियसले चिप गाेल गरे।

दोस्रो हाफको ५१ औं मिनेटमा कप्तान सर्जियो रामोसले फ्रिकिकमा सिधै गोल गर्दै मड्रिडलाई जित दिलाए। रामोसले फ्रिकिकमार्फत गोल गरेका थिए। 

जितसँगै मड्रिड अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। मड्रिड र बार्सिलोना दुवैको ३१ खेलमा समान ६८ अंक रहेको छ। 

हेड टु हेडको आधारमा रियलले बार्सिलोनालाई उछिनेको हो। मालोर्का भने ३१ खेलमा २६ अंकसहित रेलिगेसन क्षेत्रमा छ।

प्रकाशित मिति: : 2020-06-25 05:35:09

प्रतिकृया दिनुहोस्