व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् ।

नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी हुन थाल्यो । खासगरी मास्क र सेनिटाइजर हारालुछ भयो । केही दिनमै बजारमा मास्क सकियो । सर्जिकल मास्क ३० रुपैयाँ तिर्दा पनि पाउन मुस्किल हुन थाल्यो ।

स्वास्थ्यकर्मीले नै मास्क नपाएका खबरहरू आएपछि सरकारले आत्तिँदै निजी क्षेत्रका प्रतिनिधिहरू बोलाएर छलफल गर्यो । उक्त छलफलका एक सहभागी थिए नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्रा । छलफलका क्रममा उनले आफू मास्क उत्पादन गर्न तत्पर रहेको बताए । उनले एक साताभित्रै मेसिन ल्याएर उत्पादन सुरु गर्ने र प्रतिमास्क ५ रुपैयाँमा बिक्री गर्ने प्रतिबद्धता जनाएपछि सरकार खुसी भयो ।

मल्होत्राले सो बैठकमा प्रतिबद्धता जनाएकोभन्दा एक साता ढिलोगरी मास्क उत्पादन सुरु गरे । सहुलियत दरमै उपलब्ध पनि गराए । त्यसपछि मास्कको अभाव देखिएन ।

प्रकाशित मिति: : 2020-06-25 07:50:44

प्रतिकृया दिनुहोस्