आर्सनल एफए कप फुटलको सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार भएकाे खेलकाे इन्जुरी समयमा सेफिल्ड युनाइटेडलाई पराजित गर्दै गोल गरेपछि लण्डन क्लब आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हाे।
सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो।
आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए।
निर्धारित समयमा खेल बराबरी भएको थियो।
तर इन्जुरी समयमा डानी सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो।
यससँगै आर्सनल एफए कपको सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ।
यस अघि म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा पुगिसकेको छ।