चेल्सी एफए कपको सेमिफाइनलमा

चेल्सी एफए कपको सेमिफाइनलमा पुगेको छ। 

आइतबार भएकाे खेलमा लेष्टर सिटीलाई  १–० ले हराउँदै चेल्सी एफए कपको सेमिफाइनल पुगेको हाे।  

दोस्रो हाफमा मैदान प्रवेश गरेको रोस बाक्र्लीको गोलमा चेल्सीले जित निकालेको थियो। उनले ६३ औं मिनेटमा गोल गरेका थिए। 

जितसँगै चेल्सी सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ। 

यता म्याचेस्टर युनाइटेड शनिबार र आर्सनल आइतबार एफए कपको अन्तिम चारमा पुगेका थिए। 

 

प्रकाशित मिति: : 2020-06-29 05:51:52

प्रतिकृया दिनुहोस्