बार्सिलोनाका मिडफिल्डर आर्थरलाई इटालियन च्याम्पियन युभेन्ट्सले ७२ मिलियन युरो तिरेर खरिद गरेको छ।
२३ वर्षीय आर्थरले आइतबार युभेन्टस पुगेर विस्तृत स्वास्थ्य परिक्षण गरेपछि बार्सिलोनाले ट्रान्सफरलाई आधिकारिकता दिएको हो।
तर बार्सिलोनाको आधिकारिक वेबसाइटमा जनाएअनुसार आर्थर सिजनको अन्त्यपछि युभेन्ट्स जानेछन्। दुवै क्लब र खेलाडीबीच सम्झौता समेत भइसकेको छ।
सन् २०१८ मा बार्सिलोना आएका आर्थरले क्लबका लागि कुल ७२ खेल खेले। ब्राजिलियन क्लब ग्रेमिओबाट आएका उनले लिगमा ४७, कोपा डेल रेमा १०, च्याम्पियन्स लिगमा १३ तथा स्पेनिस सुपर कपमा एक खेल खेलेका हुन्। उनले यसक्रममा चार गोले गरेका छन्।
आर्थरले स्पेनिस क्लबमा दुई सिजन बिताउँदा दुई उपाधि जित्न सफल रहेका छन्। सन् २०१८–१९ सिजनमा बार्सिलोनाले स्पेनिस लिग र स्पेनिस सुपर कप जितेको थियो।
यस्तै, अर्थर सन् २०१८ मा ५ बर्षको सम्झौता सहित बार्सिलोना आएका थिए। आन्तरिक रुपमा उनको ७२ मिलियन युरो मुल्य निर्धारण गरिएको छ।
युभेन्ट्स मिडफिल्डर मिरलेम पजानिक बार्सिलोना जाने भएका छन्।
सिजनको अन्त्यसँगै सिरि ए क्लब युभेन्ट्सका मिडफिल्डरबार्सिलोना जाने टुङ्गो लागेको हो।
युभेन्ट्सले बार्सिलोनाका ब्राजिली मिडफिल्डर अर्थरसँग पजानिकलाई साट्न लागेको हो
३० बर्षिया पजानिकको ६० मिलियन युरो मुल्य निर्धारण गरिएको छ। उनी सन् २०१६ मा युभेन्ट्स आएका थिए। उनले सिरी एबाट २ सय १४ खेल खेलेका छन्।
सिजनको बीचमा नियुक्ति भएका किके सेटिन र बार्सिलोनाका खेलाडीहरुको सम्बन्ध बिग्रिन थालेको छ।
६१ वर्षीय सेटिनको नियुक्ति नै कतिपय बार्सिलोनाका खेलाडीलाई चित्त बुझेको थिएन। तर लगातार राम्रो नतिजा आउँदा सम्बन्ध सुध्रदै गएको बुझिएको थियो। पछिल्ला खेलमा खेलाडी छनोटमा पनि प्रशिक्षक सेटिनले उचित निर्णय लिन नसक्दा खेलाडीहरु रुष्ट भएको जनाइन्छ।
शनिबारको खेलमा बार्सिलोना सेल्टा भिगोको मैदानमा २–२ को बराबरीमा रोकिएपछि खेलाडी र प्रशिक्षकबीच ड्रेसिङ रुममा वादविवाद नै भएको छ। त्यसैले पनि फरवार्ड लुइस सुआरेजले सेल्टाविरुद्ध खेलपछि पत्रकारसँग बोल्ने क्रममा सेटिन र उनको प्रशिक्षण टोलीबारे अभिव्यक्ति दिएका थिए।
‘मलाई यसबारे सोध्नुभन्दा प्रशिक्षकलाई सोध्नु राम्रो हुन्छ। वहाँहरुले यसबारे अध्ययन गरेर बस्नुभएको छ,’ सुआरेजले भनेका थिए, ‘ अघिल्ला सिजनमा हामीले यस्तो खेल जितेर नै उपाधिसम्म पुगेका थियौं।’
सेल्टाको मैदानमा शनिबार सुआरेजले २ गोल गरेका थिए। दुवै गोलमा मेस्सीले असिस्ट गरेका थिए।
सेल्टाविरुद्ध खेलाडीहरुले प्रशिक्षक सेटिनले गरेको खेलाडी परिवर्तनलाई लिएर विवाद भएको हो। विशेषगरी लयमा नरहेका एन्टोइन ग्रिजमन र क्लब छाड्ने तयारीमा रहेका मिडफिल्डर आर्थर मेलोलाई मैदान छिराउनु गलत निर्णय लिएको खेलाडीहरुको भनाइ थियो।
खेलाडीहरुले अहिलेको प्रशिक्षण टोलीको खेलाउने शैलीमा नै प्रश्न उठाएका छन्। खेलाडीहरुले यही लयमा खेल्ने हो भने क्लबले कुनै पनि ट्रफी नजिति सिजन टुंग्याउने डर पनि उतिकै छ। त्यसैले पनि खेलाडीहरु सार्वजनिक रुपमा नै प्रशिक्षकको आलोचना गर्न थालेका हुन्।