उद्धारमा खटिएका पाइलटको अनुभव : कोरोनासँग डर लाग्दैन

अनलाइनखबर

काठमाडौँ

अच्युत पुरी

अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् ।

सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा नियमित गन्तब्यभन्दा बाहेकका नयाँ–नयाँ गन्तब्यमा जहाज लैजानुपर्ने हुन्छ ।

नेपाल एयरलाइन्सका क्पाप्टेन सुरज भण्डारीले यसअघि एकपटक पनि नउडेको शहरमा ए ३२० लिएर उद्दारका लागि गए । नयाँ शहर र विमानस्थलमा जाँदा चुनौति र रोमाञ्च दुवै हुने उनी बताउँछन् ।

माल्दिम्भमा नेपाल एयरलाइन्सको नियमित उडान छैन । तर, यसबीचमा नेपाल एयरलाइन्सले माल्दिम्भबाट नेपालीलाई घर ल्याएको छ । सो उडानका एक सदस्य क्याप्टेन भण्डारीले उद्धार उडानको आफ्नो अनुभव हामीसँग बाँडे ।

प्रकाशित मिति: : 2020-07-01 12:44:23

प्रतिकृया दिनुहोस्