लण्डन डर्बीमा चेल्सी पराजित

प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको लण्डन डर्बीमा घरेलु टोली वेष्ट ह्यामले चौथो स्थानको चेल्सीलाई स्तब्ध पारेको छ।

रेलिगेशनको जोखिममा रहेको वेष्ट ह्यामले चेल्सीलाई ३–२ गाेल अन्तरले पराजित भएकाे हाे।

वेष्ट ह्यामकाे लागि सुचेक, एन्टोनिओ र एन्ड्री यर्मोलेन्काले एक एक गाेल गरे। यता चेल्सीका लागि दुबै गाेल विलियनले गरेका थिए। 

खेलकाे ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै विलियनले चेल्सीलाई सुरुवाति अग्रता दिलाए। 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सुचेकले वेष्ट ह्यामका लागि बराबरी गोल फर्काए।

यता ५१ औँ मिनेटमा एन्टोनिओले गोल गरेपछि वेष्ट ह्यामले अग्रता लियो। तर उक्त अग्रता धेरै बेर कायम रहन सकेन। खेलकाे ७२ औँ मिनेटमा विलियनले चेल्सीका लागि अर्को गोल गर्दै बराबरीमा ल्याए।

तर चेल्सी अन्तिम समयमा सम्हालिन सकेन। फलस्वरुप ८९ औँ मिनेटमा यर्मोलेन्काले शानदार गोल गर्दै वेष्ट ह्यामलाई महत्वपूर्ण ३ अंक दिलाए।

हारपछि चौथो स्थानको चेल्सी ३२ खेलबाट ५४ अंकसहित चौथो स्थानमै छ। जित निकालेको वेष्ट ह्याम पनि ३२ खेलबाट ३० अंकसहित १६ औँ स्थानमै छ।

रेलिगेशनको जोखिममा रहेको वेष्ट ह्यामलाई आउँदो सिजन पनि प्रिमियर लिगमै रहनका लागि याे जित महत्वपूर्ण रहेकाे थियाे।

प्रकाशित मिति: : 2020-07-02 06:13:42

प्रतिकृया दिनुहोस्