आज थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि, एक शिशुकाे मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७३ जनामा संक्रमण देखिएको हो। 

जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । 

उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले  जानकारी दिए।

बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन्।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ।

आज एङ्क शिशुकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ। याेसँगै मृतकाे संख्या ३१ पुगेकाे छ।

प्रकाशित मिति: : 2020-07-02 16:40:42

प्रतिकृया दिनुहोस्