युवाको अनसनमा ऐक्यबद्धता जनाउन कमल थापासँगै हिसिला यमी पनि

राप्रपा अध्यक्ष कमल थापा आज विभिन्न जनसरोकारका माग राखी अनशन बसेका युवाहरुलाई भेट गर्न पाटन पुगेका छन् ।

अनशन बसेका युवाहसँग भेट गरी अध्यक्ष थापाले संक्षिप्त कुराकानी समेत गरेका छन् । केही समय सत्याग्रह स्थलमा प्लेकार्ड बोकेर थापाले एक्यवद्धता समेत प्रकट गरेका थिए। थापासँगै जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी पनि सत्याग्रहमा एक्यवद्धता जनाउँदै थिइन् ।

भेट पछि उनले ट्विट गर्दै लेखेका छन् :- "जनसरोकारका मागहरु राखेर अनशन/सत्याग्रहमा बसेका 'ई' लगायतका युवाहरुको स्वास्थ्य अवस्था गंभीर बन्दैछ। युवाहरुको जीवन रक्षामा ध्यान दिन र वार्ताबाट समस्या समाधान गर्न प्रम @kpsharmaoli र सरकारसंग आग्रह गर्दछु। #EnoughIsEnough अभियानमा हाम्रो एक्यबद्धता छ।"

प्रकाशित मिति: : 2020-07-02 20:26:26

प्रतिकृया दिनुहोस्