रामोसको गोलमा रियलको जित, बार्सिलाेनासँगकाे अंक दूरी ४ पुग्याे

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार भएको खेलमा अंक तालिकाको शीर्षस्थानमा रहेको रियल मड्रिडले गेटाफेलाई १-० ले पराजित गरेको छ।

घरेलु मैदान अल्फ्रेडो डी स्टेफानो रंगशालामा भएको खेलमा रियलले कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि जित हात पारेकाे हाे।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो।

तर खेल बराबरीतर्फ उन्मुख रहँदै गर्दा गेटाफेको डिफेन्सबाट गल्ति हुँदा रियलले जित हात पार्‍याे। 

७८ औं मिनेटमा म्याथिअस ओलिभिएराले ड्यानी कार्भाजललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

उक्त पेनाल्टीको अवसरलाई रामोसले सदुपयोग गर्दै रियललाई अग्रता दिलाए। 

जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकको स्पष्ट अग्रता कायम गरेको छ।

रियलको ३३ खेलमा ७४ अंक छ।

दोस्रो स्थानको बार्सिलोनाले समान खेलमा ७० अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-07-03 05:37:36

प्रतिकृया दिनुहोस्