च्याम्पियन बनिसकेको लिभरपुलमाथि सिटीकाे सानदार जित

इंग्लिस प्रिमियर लिग फुटबलमा अन्तर्गत बिहीबार राति भएको खेलमा म्यानचेस्टर सिटीले यो सिजनको लिगको च्याम्पियन बनिसकेको लिभरपुलमाथि सानदार जित निकालेको छ। 

घरेलु टोली म्यानचेस्टर सिटीले लिभरपुललमाथि ४–० को सानदार जित हात पारेको हो। 

इतिहाद स्टेडियममा भएको खेलमा सिटीको जितमा केभिन डि ब्रुयन, रहिम स्ट्रलिङ र फिल फोडेनले गोल गर्दा एक गोल उपहार पाएको थियो। 

२५औं मिनेटमा घरेलु टोली सिटीले केभिन डि ब्रुयनको पेनाल्टी गोलमार्फत खेलमा अग्रता बनाएको थियो। जोसेप गोमेजले स्ट्रलिङलाई पेनाल्टी बक्समा तानेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गरेको थियो। 

३५औं मिनेटमा रहिम स्ट्रलिङले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।

 ४५औं मिनेटमा ब्रुयनको पासमा फिल फोडेनले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाउन सफल भयो।

६६औं मिनेटमा अक्सलेड चेम्वरलेनले आफ्नै पोस्टमा गोल गरेपछि सिटीले खेलमा ४–० को फराकिलो अग्रता बनायो। 

रियाद महारजेजको काउन्टर अट्याकमा रोड्रि हुदै केभिन डि ब्रुयनबाट स्ट्रलिङले गरेको प्रहारलाई बचाउन खोज्दा चेम्वरलेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। 

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा रियाद महारजेले गोल गरेपछि भिएआरको मान्यता पाएन।

महारेजले गोल गर्नुअघि बल फिल फोडेनको हातमा लागेको भिएआरमा देखिएको थियो।

यो सिजन प्रिमियर लिगमा लिभरपुलको दोस्रो हार हो। यसअघि लिभरपुल फेब्रुअरीमा वाट्फोर्डसँग ३–० ले पराजित भएको थियो।

लिभरपुलले ३२ मध्ये २८ खेलमा जित तथा समान २ बराबरी र २ हारको नतिजा निकालेको छ।

 लिभरपुलमाथिको जितसँगै सिटीले अंक दुरी २० मा झारेको छ। सिटीको ३२ खेलबाट ६६ अंक पुगेको छ। लिभरपुलको समान खेलबाटै ८६ अंक छ।

प्रकाशित मिति: : 2020-07-03 06:52:37

प्रतिकृया दिनुहोस्