नेकपाको रडाकोमा संसद अधिवेशन नै समाप्त, एमसीसी भयो अलपत्र

पहिलोपोष्ट

काठमाडौँ

नेत्र तामाङ

 गत वैशाख ३१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको जोड थियो : एमसीसी जसरी पनि पास हुनुपर्छ।

आफ्नो नेतृत्वको सरकारले गरेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन सम्झौता पारित नभएमा वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले गर्ने निर्णय नमान्ने देउवाले बताएका थिए।

एमसीसीमा हस्ताक्षर गरेका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले असार ४ को प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता नेपालको हितमा रहेको दाबी गर्दै पारित गर्नुपर्ने आवाज विशेष समयमै उठाएका थिए।

प्रकाशित मिति: : 2020-07-03 08:46:09

प्रतिकृया दिनुहोस्