बिएल संवाददाता
भोजपुरमा भएको सामूहिक हत्याकाण्डका अभियुक्त राजेन्द्र राईले राति सुतेका बेला सासुले आक्रमणको प्रयास गरेपछि प्रतिकारमा सबैको हत्या गरेको बयान दिएका छन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ससुरालीमा राति सुतिरहेको बेला सासूले आफूमाथि छुरीले आक्रमण गरेपछि प्रतिकारमा त्यही छुरी खोसेर सबैमाथि आक्रमण गरेको बयान दिएका छन्।
गएराति भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई)ले रामप्रसाद गाउँपालिका-२ धोद्लेखानीस्थित ससुरालीमा सासु-ससुरा, सालो र श्रीमतीको हत्या गरेका थिए।
घटनामा राजेन्द्र आफैं पनि गम्भीर घाइते भएका छन्। उनको पेटमा ठाउँ छुरीको गहिरो चोट लागेको पाइएको छ। भोजपुर अस्पतालमा प्राथमिक उपचारपछि उनलाई विराटनगर रिफर गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएराति घटनापछि राईं आफैंले प्रहरीलाई फोन गरेर हत्याको बारेमा जानकारी गराएका थिए। प्रहरी घटनास्थल पुग्दा ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी, श्रीमती १६ वर्षीया मनिषा गिरी र सालो ९ वर्षका सपन गिरीको शव फेला परेको थियो।
स्थानीयवासीका अनुसार राजेन्द्रको मनिषासँग दोस्रो बिहे हो। पहिलो श्रीमतीले साथ छाडेपछि १६ वर्षीया मनिषासँग प्रेम सम्बन्ध बनाएका राजेन्द्रले केही महिनाअघि मात्र भगाएर बिहे गरेको स्थानीयवासीले जनाएका छन्।
उमेर नपुगेकी छोरीलाई भगाएर लगेपछि ससुराली पक्षले मनिषालाई एक महिनाअघि फिर्ता ल्याएका र केही दिनअघि मात्र राजेन्द्र श्रीमती लिन आएका थिए। ससुराली पक्षले छोरीको उमेर नपुगेको भन्दै पठाउन मानेका थिएनन्।
सासु-ससुरा र ज्वाईंबीच मनमुटाव चलिरहेका बेला सासुले राति सुतेका बेला छुरा आक्रमणको प्रयास गर्दा यतिठूलो हत्यकाण्ड भएको राजेन्द्रले बयान दिएका हुन्।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया