प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच बालुवाटारमा छलफल सुरु

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीबीच वालुवाटारमा छलफल सुरु भएको छ। साँझ ७:१५ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओली मन्त्रीहरुसँग छलफल जुटेका हन्।

शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग छलफल गरिरहेका छन्। 

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ। यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा भने प्रष्ट पारिएको छैन।

यही बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा ओलीतिरका नेकपा शीर्ष नेता छलफलमा जुटेका छन्। प्रचण्ड निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम आन्तरिक छलफलमा जुटेको हुन्।

 

प्रकाशित मिति: : 2020-07-04 20:14:35

प्रतिकृया दिनुहोस्