बार्सिलोनाको सानदार जित

बार्सिलोनाले स्पेनिस ला लिगामा भिल्लारियलमाथि सानदार जित हात पारेको छ।

बार्सिलोनाले घरेलु टोलीमाथि ४–१ को सानदार जित निकाल्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको अंकदूरी ४ मा छोट्याएको हो।

बार्सिलोनाको जितमा युवा स्टार अन्सु फाती, स्टार फरवार्डद्धय लुइस सुआरेज र एन्टोइन ग्रिजमनले गोल गरे भने एक गोल उपहार पाएको थियो। भिल्लारियलका जेरार्ड मोरेनोले एक गोल फर्काए।

खेलकाे ३ मिनेटमा नै पाउ टोरेसले आत्मघाती गोल गरेका हुन्। तर १४ औँ मिनेटमा जेरार्ड मोरेनोले गोल गरी भिल्लारियललाई बराबरीमा ल्याए।

२० औँ मिनेटमा कप्तान लिओनल मेसी सहयोगमा सुआरेजले गोल गरे।

यस्तै ४५ औँ मिनेटमा मेस्सीकै सहयोगमा ग्रिजम्यानले उत्कृष्ट गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ३–१ को अग्रता लियो।

८६ औँ मिनेटमा फातीले गोल गरेपछि बार्सिलोना ४–१ ले विजयी भयो।

जितसँगै बार्सिलोनाले उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ। ला लिगामा चार खेल बाँकी रहँदा बार्सिलोनाले सबै खेलमा जित निकाल्नुका साथै शीर्षस्थानको रियलले अंक गुमाउनुपर्ने हुन्छ।

शीर्षस्थानको रियलले आइतबार राति नै एथ्लेटिको क्लब बिल्वाओमाथि १–० को कठिन जित निकालेको थियाे। 

बार्सिलोनाको ३४ खेलबाट ७३ अंक पुगेको छ। शीर्षस्थानको रियलको ७७ अंक रहेको छ। पराजित भिल्लारियल ५४ अंक जोडेर पाँचौ स्थानमा यथावत छ।

प्रकाशित मिति: : 2020-07-06 05:48:12

प्रतिकृया दिनुहोस्