भारतबाट फर्किएका एकजनाको कोरोनाका कारण मृत्यु, मृतक संख्या ३५ पुग्यो

नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङ निशिखोला गाउँपालिका ३ स्थायी ठेगाना भएका २९ वर्षीय एक पुरुषको मृत्यु भएको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उनको यही असार २१ गते मृत्यु भएको हाे। 

उनी ढोरपाटन नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए।

उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएको गौतमले जानकारी दिए। योसँगै काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुने संख्या ३५ पुगेको छ।
 

प्रकाशित मिति: : 2020-07-06 17:08:38

प्रतिकृया दिनुहोस्