‘इनफ इज इनफ’का अभियान्ताले अनसन तोडे

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका ‘इनफ इज इनफ’का दुई युवाले मंगलबार बिहानबाट अनसन तोडेका छन्।

सरकार र अनसनकारीबीच १२ बुँदे सहमति भएसँगै अनसन तोडिएकाे हाे।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीले हस्ताक्षर गरेका हुन्।

याे पनि 

‘इनफ इज इनफ’का अभियान्ता भेट्न प्रधानमन्त्री अस्पतालमा

उनीहरु गत १२ गतेदेखि पाटन दरबार स्क्वायरमा सत्याग्रहमा थिए। ईसँगै सुदन गुरुङ र सुवानी सिंजापति पनि अनशन बसेका थिए।

गत बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले अनशन बसेका ‘इनफ इज इनफ’का अभियान्तालाई ह्याम्स अस्पालमा पुगेर भेटेका थिए। 

याे पनि 

स्वास्थ्यमा समस्या आएपछि अनशनरत ईः र पुकार बामलाई अस्पताल लगियो

उनीहरुलाई कोरोना भाइरस संक्रमणको उपचार खर्चलाई सरकारले पारदर्शी बनाउने प्रतिवद्धता जनाउँदै प्रधानमन्त्री ओलीले अनशन तोड्न आग्रह गरेका थिए। 

प्रकाशित मिति: : 2020-07-07 09:52:17

प्रतिकृया दिनुहोस्