निरज बाडे
कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका सामाजिक अभियन्ता ईः (इसान) र पुकार बामलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ।
उनीहरुलाई बिहीबार काठमाडौं धुम्बाराहीस्थित ह्याम अस्पताल लगिएको हो। उनीहरु गत १२ गतेदेखि पाटन दरबार स्क्वायरमा सत्याग्रहमा थिए। इनफ इज इनफका अभियान्ता ईसँगै सुदन गुरुङ र सुवानी सिंजापति पनि अनशन बसेको सात दिन भएको छ।
यसअघि अनशनकारीले पीसीआर परीक्षण वृद्धि, आरडीटी परीक्षण रोक्नु पर्ने माग राखी सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।
त्यस्तै, कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने पनि उनीहरुको माग छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया