स्वास्थ्यमा समस्या आएपछि अनशनरत ईः र पुकार बामलाई अस्पताल लगियो

निरज बाडे

काठमाडाैं

कोरोना महामारी नियन्त्रणका काम प्रभावकारी बनाउन र खर्च पारदर्शी बनाउन दबाव दिँदै अनशन बसेका सामाजिक अभियन्ता ईः (इसान) र पुकार बामलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको छ।

उनीहरुलाई बिहीबार काठमाडौं धुम्बाराहीस्थित ह्याम अस्पताल लगिएको हो। उनीहरु गत १२ गतेदेखि पाटन दरबार स्क्वायरमा सत्याग्रहमा थिए। इनफ इज इनफका अभियान्ता ईसँगै सुदन गुरुङ र सुवानी सिंजापति पनि अनशन बसेको सात दिन भएको छ।

यसअघि अनशनकारीले पीसीआर परीक्षण वृद्धि, आरडीटी परीक्षण रोक्नु पर्ने माग राखी सरकारविरुद्ध आन्दोलन गर्दै आएका छन्।

त्यस्तै, कोरोना महामारी रोकथाम र उपचारमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीको सुरक्षा, कमजोर अवस्थाका मजदुर, कामदार, अस्थायी बासिन्दा र सीमान्तकृत समुदायलाई राहत र सम्मान गर्नुपर्ने, स्वास्थ्य उपचार क्षमता बढाउनुपर्ने पनि उनीहरुको माग छ।

प्रकाशित मिति: : 2020-07-02 19:55:05

प्रतिकृया दिनुहोस्