कोरोना अपडेटः आज कुन जिल्लामा कति थपिए संक्रमित ?

 नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार नाघेको छ।

पछिल्लो २४ घन्टामा थप २०४ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितकाे संख्या १६ हजार १६८ पुगेकाे हाे।

आज सबैभन्दा बढी बाजुरामा ५४ जनामा कोरोना संक्रमण देखिएको छ। यता काठमाडौंमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना संक्रमण देखिएकाे छ।

अछाम र बैतडीका ११/११, महोत्तरीका ९, धनुषा र अर्घाखाँचीका ८/८, डोटीका सात, मोरङ र डडेल्धुराका ६/६ जनामा संक्रमण देखिएकाे छ।

यता सल्यान, रुकुम पश्चिम र नवलपसारीका ५/५ जनामा संक्रमण देखिएकाे छ। सप्तरी, सुनसरी, दाङ, सुर्खेत र गोरखाका ३/३, तनहुँ, पाल्पा र बर्दियाका २/२ जनामा संक्रमण देखिएकाे छ।

झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, सप्तरी, रुकुम पूर्व, बागलुङ र कपिलवस्तुका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ७ हजार ४९९ पुगेको छ।

प्रकाशित मिति: : 2020-07-07 16:23:49

प्रतिकृया दिनुहोस्