बागलुङका थप ७ संक्रमित निको भएर घर फर्किए

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

दुई साताअघि संक्रमण पुष्टि भएर अस्पताल पठाइएका उनीहरूको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए।

डिस्चार्ज हुनेमध्ये ४ जना क्वारेन्टाइनमा बस्दा संक्रमण पुष्टि भएका व्यक्ति हुन् भने ३ जना क्वारेन्टाइन बाहिरै संक्रमणमा परेका थिए। उनीहरु सबै काठेखोला गाउँपालिकाका हुन्।

जिल्लामा अहिलेसम्म २ सय ११ जना कोरोना संक्रमित छन्। तीमध्ये १ सय २२ जना डिस्चार्ज भएका छन्। अब ८९ जना आइसोलेसनमा छन्।

प्रकाशित मिति: : 2020-07-08 13:13:42

प्रतिकृया दिनुहोस्