कर्णालीमा थपिए २० संक्रमित

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमा सुर्खेतका १३, दैलेखका पाँच र मुगुका दुईजना रहेका छन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४, ६, ७, ९, १०, १२ का ४ महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एक/एकजना पुरुष रहेका छन्।

यता दैलेखको नौमुले गाउँपालिका १ र ६ का तीन पुरुष र दुल्लु नगरपालिका ४ र १२ का दुईजना पुरुष रहेका छन्।

मुगुको खत्याड गाउँपालिका ७ का दुई पुरुषमा पनि काेराेना देखिएकाे छ  । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन्। यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ। २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2020-07-08 16:18:52

प्रतिकृया दिनुहोस्