कोरोना अपडेटः पछिल्लो २४ घन्टामा २५५ थपिए, २५३ डिस्चार्ज

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४२३ पुगेकाे छ।

पछिल्लो २४ घन्टामा थप २५५ जनामा कोरोना भाइरस पुष्टि भएसँपछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ५५ जना संक्रमित थपिएका हुन्।

योसहित आजसम्म कुल संक्रमितको संख्या १६ हजार  ४सय २३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा थप २ सय ५३ जना कोरोनामुक्त भएका छन्। योसहित हालसम्म कुल ७ हजार ७ सय ५२ जना कोरोनामुक्त भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट  नेपवालमा ३५ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: : 2020-07-08 16:26:32

प्रतिकृया दिनुहोस्