योगेश भट्टराई भन्छन्- राजनीतिमा मध्यमार्ग हुँदैन, मत दिने बेला भाग्दिनँ (भिडिओ)

सेतोपाटी

काठमाडौँ

सन्जिब बगाले

पर्यटन मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राजनीतिमा मध्यमार्ग नहुने बताएका छन्।

नेकपा भित्रको विवादबारे सेतोपाटीसँग बुधबार कुराकानी गर्दै उनले आवश्यक परेको बेलामा एकतिर उभिनै पर्ने बताए।

'हामीजत्तिको मान्छेले के भन्नुपर्छ भने राजनीति प्रष्ट हुन्छ। राजनीतिमा कहाँ हुन्छ मध्यमार्ग? तपाईं कहिँ न कहिँ उभिनै पर्छ,' उनले भने,'तर त्योभन्दा पहिले जब अनावश्यक ढंगले कहीँ उभिने पर्ने अवस्था आउँदैन भने किन उभिने? पार्टीको निर्णायक बेलामा आफ्नो मत जाहेर गर्ने क्रममा हामी भाग्दैनौं।'

अहिले शीर्ष नेताहरूबीच अन्तरविरोध भएको भन्दै उनले समस्याको समाधान माथिबाटै गरिनु पर्ने बताए। सांसदहरूलाई हस्ताक्षरमा उभ्याउनु, सडकमा एक-अर्काका पक्षमा नाराबाजी गर्नु गलत रहेको भट्टराईको भनाइ छ।

प्रकाशित मिति: : 2020-07-08 19:51:25

प्रतिकृया दिनुहोस्