अवे मैदानमा सालह चम्किँदा लिभरपुलकाे फराकिलाे जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत च्याम्पियन लिभरपुलले बुधबार राति भएको खेलमा जित दर्ता गरेको छ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले ब्राइटनलाई ३–१ ले पराजित गरेको हो। लिभरपुलको जितमा मोहम्मद सालहले दुई तथा जोर्डन हेन्डर्सनले एक गोल गरे।

ब्राइटनका लागि लियानड्रो ट्रोसार्डले एक गोल फर्काए।

सालहले खेलकाे छैटौँ मिने६मा ने गाेल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसकाे दुई मिनेटपछि लिभरपुलले अग्रता दाेब्बर बनायाे। खेलकाे आठौँ मिनेटमा हेन्डर्सनले गोल गरेका हुन्। 

यता  ब्राइटनका लागि ट्रोसार्डले ४५ औँ मिनेटमा गोल फर्काएपछि खेलमा फर्किने आसा जिबितै राख्याे।

तर कमजाेर डिफेन्सले गर्दा ब्राइटनले ७६ औँ मिनेटमा पुन: गाेल खायाे। लिभरपुलका लागि सालहले व्यक्तिगत दोस्रो गोल गर्दै ३–१ ले विजयी बनाए।

उपाधि पक्का गरेपछि उसले तीन खेलमा दोस्रो जित हो। लिभरपुलको ३४ खेलबाट ९२ अंक भएको छ। उसले लिगका अब बाँकी चार खेलमा कम्तिमा ८ अंक जोडेमा १०० अंक बनाउने छ।

पराजित भएको ब्राइटन ३६ अंकसहित १५ औँ स्थानमा छ।

प्रकाशित मिति: : 2020-07-09 05:59:52

प्रतिकृया दिनुहोस्