हेन्डरसन कम्तीमा आठ साता मैदान बाहिर रहने

लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले  सिजनको बाँकी खेल गुमाउने भएका छन्।

अल्वियोनविरुद्धको ३–१ को जित निकालेको खेलमा हेन्डरसनले गम्भीर चोट बोक्दै मैदानबाट बाहिरिएका थिए।

३० वर्षीय इंग्ल्यान्डका हेन्डरसनकाे घुँडाको लिगामेन्ट च्यातिएकाे छ।  हेन्डरसनले बाँया घुँडामा गम्भिर चोट लागेको देखिएको छ। 

साेही कारण पूर्णरुपमा फिट हुनको लागि कम्तीमा पनि आठ साता लाग्न सक्ने चिकित्सकले बताएका छन्। तर हेन्डरसनको शल्यक्रिया भने गर्न नपर्ने बताइएको छ।

यससँगै हेन्डरसनले यो सिजनको बाँकी रहेको ४ खेलसँगै अर्काे सिजनको सुरुवाती खेल गुमाउने सम्भावना रहेको छ।  

प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलले अब बर्नली, आर्सनल, चेल्सी र न्युक्यासल युनाइटेडसँग खेल्न बाँकी छ।

यी खेलहरु अर्काे सिजन सेप्टेम्वर पहिलो सातादेखि शुरु हुदैछ। 

हेन्डरसनले सेप्टेम्बर पहिलो साता हुने नेसन्स लिगको दुई खेल पनि गुमाउने छन्। इंग्ल्यान्डले सेप्टेम्वर ५ मा आइसल्यान्ड र सेप्टेम्वर ८ मा डेनमार्कसँग खेल्ने तय छ।

प्रकाशित मिति: : 2020-07-11 05:51:19

प्रतिकृया दिनुहोस्