सेफिल्ड युनाइटेडसँग चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सीले फराकिलो हार व्यहोरेको छ।

अवे मैदानमा भएकाे खेलमा चेल्सी सेफिल्ड युनाइटेडसँग ३-० गोल अन्तरले पराजित भएको हो।

घरेलु मैदानमा सेफिल्डलाई जित दिलाउन डाभिड म्याकगोल्ड्रिकले दुई तथा ओलिभर म्याकब्रुनीले एक गोल गरे।

खेलको १८ औं मिनेटमा म्याकगोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यससकाे १५ मिनेट पछाडि म्याकब्रुनीले गोल गर्दै सेफिल्डलाई पहिलो हाफमा २-० काे अग्रता दिलाए।

यता ७७ औं मिनेटमा म्याकगोल्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै सेफिल्डलाई ३-० को जित दिलाए।

हारसँगै चेल्सीले ३५ खेलमा ६० अंक जोडेको छ। यता सेफिल्डले ५४ अंक जोडेको छ। सेफिल्ड लिगको छैटौं स्थानमा छ। 

प्रकाशित मिति: : 2020-07-12 06:23:08

प्रतिकृया दिनुहोस्