इजराइलमा आर्थिक सहयोग सम्बन्धित व्यक्तिसम्म नपुगेको भन्दै विरोध

एजेन्सी

इजराइल

कोरोना भाइरस संक्रमणविरूद्ध प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै इजराइल सरकारको आलोचना भएको छ। इजराइली जनताहरूले आफ्नो सरकारविरूद्ध शनिबार राजधानी तेल अविवमा नारा तथा धर्ना, जुलुस निकाले। 

स्वरोजगार, साना व्यापारी तथा कलाकार समावेश धर्ना तथा जुलुस प्रदर्शनमा सरकारविरूद्ध कडा आलोचना भएको थियो।

उनीहरूले सरकारले उपलब्ध गराएको आर्थिक सहायताको प्याकेज प्रभावित व्यक्तिसम्म नपुगेको भन्दै आलोचना गरेका थिए। 

रोबिन स्क्वायरमा भएको जुलुसमा सरकारलाई आफ्नो जनताप्रति संवेदनशील हुन दबाव दिइएको थियो।

प्रकाशित मिति: : 2020-07-12 15:18:31

प्रतिकृया दिनुहोस्