जब विमानभित्रै पानी चुहियो, छाता खोलेरै बसे यात्री

विमानमै पानी चुहियो भन्ने सुन्नमा आयो भने त्यो तपाई हामी सबैलाई अचम्म लाग्न सक्छ। नेपालमा थोत्रा बसमा पानी चुहिएको भन्ने खबर यदाकदा सुन्नमा आएको छ । तर रुसमा यस्तै भएको छ। रुसको रोसिया एयरलायन्स फ्लाईटको छतबाट पानी चुहिएपछि यात्रीले यसबाट बच्न छाता खोलेर यसको मुनी बसेका छन्।

सोशल मीडियामा यो भिडियो भाइरल भएको छ। एयरलायन्सले यो घटनाको जाँचको घोषणा गरेको छ।

खाबरोवस्क तथा सोचीबीचको एक रोसिया एयरलायन्सको फ्लाईटमा यात्रीले छाता ओडेको देखिएको छ । किनकि पानीको थोपा उनीमाथि झरिरहेको थियो। भिडियोमा केही यात्रीले चुहावटको स्रोतको पहिचान गर्ने प्रयास गरेको पनि देखिएको छ।

यो घटनाको एयरलायन्सले परीक्षण गरेको छ र यसका लागि एयर कन्डिसनिङ सिस्टमलाई जिम्मेवार मानेको छ ।

यसको भिडियो एक ट्वीटर युजरले शेयर गरेका छन् । यो भिडियो व्यापक भाइरल भएको छ ।

Volo interno russo #Chabarovsk-Sochi della Rossiya Airlines

I passeggeri sono stati costretti ad usare ombrelli per ripararsi da goccioloni d'acqua, parrebbe per un guasto all'aria condizionata

Ora sotto inchiesta

Non vi lamentate dei treni italiani...pic.twitter.com/HKB1ab66rd

— #POLiticamenteScorretto????FR© (@PolScorr) July 11, 2020
प्रकाशित मिति: : 2020-07-15 11:42:30

प्रतिकृया दिनुहोस्