रोमाञ्चक खेलमा युभेन्ट्सको बराबरी, रोनाल्डोले गोल गर्न सकेनन्

एजेन्सी

काठमाडाैं

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको युभेन्ट्स सासुओलोसँग ३–३ को बराबरीमा रोकिएकाे छ।

अवे मैदानमा भएको खेलमा युभेन्ट्सका लागि ड्यानिलो, गोन्जालो हेगुइन र लोबो सिल्भाले गाेल गरेका थिए। यता सासुओलोका फिलिप ज्यूरिक, डोमनिको बर्दीर फ्रान्सेस्को कैपुटोले गोल फर्काए।

खेलको सुरुवातमा लिएको २–० को अग्रतालाई समेत युभेन्ट्सले खेलमा जोगाउन सकेन। ड्यानिलोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए। १२ औं मिनेटमा गोन्जालो हिगुएनले युभेन्ट्सको अग्रता दोब्बर बनाएका थिए।

तर घरेलु टोलीका फिलिप ज्यूरिकले २९ औं मिनेटमा खेल २–१ मा झारे। डोमनिको बर्दीले ५१ औं मिनेटमा खेल बराबरीमा ल्याए।

त्यसको तीन मिनेटपछि फ्रान्सेस्को कैपुटोले घरेलु टोलीलाई ३–२ को अग्रता दिलाएका थिए। युभेन्ट्सका एलेक्स सान्ड्राले ६४ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याएका थिए।

यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्न सकेनन्। मार्च यता सिरी ए फुटबलमा उनले गोल गर्न नसकेको यो पहिलो पटक हो।

जितपछि शीर्ष स्थानको युभेन्सटको ३३ खेलबाट ७७ अंक भएको छ। दोस्रो स्थानमा रहेको एट्लान्टाको ७० अंक छ। 

बुधबार राति नै भएको खेलमा युडिनेससँग गोलरहित बराबरी खेलेको लाजिओको ६९ अंक रहेको छ।

प्रकाशित मिति: : 2020-07-16 06:56:16

प्रतिकृया दिनुहोस्