आज सुनको मूल्य घट्याे

शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हाे।

छापावाल सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँमा काराेवार भइरहेकाे छ भने तेजावी सुनको भाउ तोलाको ९१ हजार ७६० रुपैयाँ निर्धारण भएको छ।

 बिहीबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय रुपैयाँ रहेको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २६० रुपैयाँ निर्धारण भएको थियो। 

यता, चाँदीको मूल्य भने ९९५ रुपैयाँमा आएको छ।  बिहीबार चाँदीको मूल्य  १ हजार ५ रुपैयाँ थियो। 

प्रकाशित मिति: : 2020-07-17 13:03:12

प्रतिकृया दिनुहोस्