बार्सिलोनामा कोराेना संक्रमित संख्या फेरि बढ्न थाल्यो, घरभित्र रहन प्रशासनको निर्देशन

एजेन्सी

बार्सिलोना

स्पेनको पर्यटकीय शहर बार्सिलोनामा कोरोनाभाइरस संक्रमितको संख्यामा पुनः वृद्धि देखिन थालेपछि नागरिकहरूलाई अति आवश्यक कामका लागि बाहेक घरमा नै रहन क्षेत्रीय सरकारले आग्रह गरेको छ।  

बार्सिलोनाका बासिन्दाहरूलाई भाइरसको अवस्था बढेपछि घरमै बस्न आग्रह क्याटलोनियाली सरकारले गरेको हो। 

‘क्षेत्रीय सरकारले सिनेमा, नाटकघर र रात्रिक्लबहरू बन्द गर्ने आदेश दिएको छ भने तटीय शहरमा १० भन्दा बढी व्यक्तिको भेला हुन प्रतिबन्ध लगाएको छ,’ प्रवक्ता मेरीटक्सेल बुडोले पत्रकार सम्मेलनमा बताए। 

सरकारको निर्णयले युरोपको सबैभन्दा धेरै भ्रमण गरिनेमध्येको एक सहर बार्सिलोना रहेका करिब ४० लाख व्यक्ति प्रभावित बनेका छन्। 

सहरमा रेष्टुरेन्टहरूले सामान्य क्षमताको सेवामा आधा सेवामा सीमित गर्नुपर्नेछ। बासिन्दालाई उत्तरपूर्वी शहर बाहिर रहेका घरहरूमा लगभग दुई हप्ता सम्मको अवधिमा भागेर नजान पनि  भनिएको छ। 

‘आउने हप्तामा सबै बार्सिलोनावासीलाई पहिले झैँ लकडाउन गरेर राख्नुपर्ने बाध्यता पनि आउन सक्छ,’ बुडोले भने। उनले झण्डै तीन हप्तापछि लकडाउनलाई हटाउनसकिने बताए।

उनले भने,‘मार्चमा जस्तो अवस्थामा नपरोस् भनेर बासिन्दाहरूले छिटो र निर्णायक कदम चाल्नुपरेको छ।’ 

स्पेनमा पहिलो पटक महामारी फैलिँदा केन्द्र सरकारका प्रधानमन्त्री पेद्रो सान्चेजको प्रशासनले मार्च १४ मा आपतकालिन अवस्थाको घोषणा गर्दै कोरोना भाइरस रोक्नका लागि कडामध्यको नीतिको अवलम्बन गरेको थियो। 

कोरोनाभाइरसका घटनाहरू बढेका क्याटालोनिया र छिमेकी अरागोन क्षेत्रमा १५० भन्दा बढी नयाँ विरामीमा सङ्क्रमण भेटिएपछि स्पेनी अधिकारीहरूले अहिले चिन्तित भएका छन्। 

स्पेनमा कोभिड–१९ संक्रमित २८ हजार ४०० व्यक्तिको निधन भएको छ भने तीन लाख पाँच हजार व्यक्ति संक्रमित भएका थिए। 

प्रकाशित मिति: : 2020-07-17 20:35:02

प्रतिकृया दिनुहोस्