पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्यान्डले जित्याे

एजेन्सी

काठमाडाैं

पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट इंग्ल्यान्डले जितेको छ।

सोमबार टेष्टको पाँचौं दिन इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो।

ओल्ड ट्राफोर्डमा दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो।

घरेलु टोलीले दिएको ३ सय १२ रनको चुनौतिपूर्ण लक्ष्यसहित दोस्रो इनिङ्स थालेको वेष्ट इन्डिज अलआउट हुँदै १ सय ९८ रनमा समेटियो।

इंग्ल्यान्डका बलरसामु वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रनको अर्धशतकीय इनिङ्स खेल]। यता कप्तान जासन होल्डर ३५ रनमा आउट भए।

इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिए। यस्तै डम बेस, क्रिस वोक्स र बेन स्टोक्सले समान २/२ विकेट लिए।

यसअघि इंग्ल्यान्डले दोस्रो इनिङ्समा ३ विकेटको क्षतिमा १ सय २९ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेकाे थियाे।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि बेन स्टोक्सले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान जोय रुटले २२ रन जोड्दा ओली पोपे १२ रनमा अविजित रहे।

इंग्ल्यान्डका जाक क्रलीले ११ रन बनाए भने जोस बट्लर सुन्य रनमा आउट भए। वेष्ट इन्डिजका केमार रोचले २ विकेट लिए।

यस अघि पहिलो इनिङ्समा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन बनाएको थियो।

अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ।

प्रकाशित मिति: : 2020-07-21 05:48:40

प्रतिकृया दिनुहोस्