मास्क लगाएपछि ट्रम्पले भने– म जतिको देशभक्त कोही छैन

एजेन्सी

वासिङ्टन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूभन्दा देशभक्त मान्छे कोही नभएको दावी गरेका छन्। अमेरिकामा फैलिरहेको कोरोना भाइरस संक्रमणका बीच मास्क लगाउन आफ्नो जनतालाई उत्प्रेरित नगरेका ट्रम्पको देशभित्र ठूलो आलोचना हुँदै आइरहेको छ। 

उनीमाथि ‘लकडाउन’ लाई प्रभावकारी बनाउन नसकेको र कोरोनाविरूद्धको लडाईमा हेलचेक्राई गरेको आरोप लाग्दै आइरहेको छ। 

अमेरिकामा कोरोना संक्रमितको संख्या ४० लाख नाघेपछि ट्रम्पले हालै मास्क लगाउन सुरु गरेका हुन्। यसलाई धेरैले ‘चुनावी स्टण्ड’ को रूपमा ब्याख्या पनि गरेका छन्। ट्रम्पले हालै फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘म मास्क लगाउनु पर्नेमा विश्वास गर्ने मान्छे हो। तर, यसले दिक्क बनाउँछ।’ उनले यदी मास्क लगाउनु नै देशभक्तिको निशानी हो भने आफू जतिको ठूलो देशभक्त देशमा कोही नभएको बताए।

प्रकाशित मिति: : 2020-07-22 07:52:16

प्रतिकृया दिनुहोस्