अब क्रिकेटमा कप्तानको अन्तर्वार्ता रोबटले लिँदै

सन् १९७७ देखि क्रिकेटको सुरुवात भएको मानिन्छ। यस अवधिमा थुप्रै प्रविधि प्रयोगमा आएका छन्। यतिबेला कोरोना भाइरसका कारण विश्व खेल जगत प्रभावित छ। यस्तो अवस्थामा ८ जुलाईदेखि सुरु भएको इंग्ल्याण्ड र वेष्ट इन्डिजबीचको टेस्ट शृंखलामा अर्को प्रविधि क्रिकेटमा भित्रिएको छ। 

यस शृंखलामा रोबट क्यामेराले क्रिकेटमा प्रवेश पाएको हो। कोरोना संक्रमण कम गर्न अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी)ले टसका लागि पहिलो पल्ट रोबट क्यामेराको सहयोग लिएको हो। जसमा कप्तानसँगको अन्तर्वार्तामा पनि यही रोबटलाई प्रयोग गरिएको थियो। इंग्ल्याण्डका कप्तान बेन स्टोक्स र वेष्ट इन्डिजका कप्तान वेसन होल्डरले माइकल बोकेर रोबट क्यामेराको अगाडि अन्तर्वार्ता दिएका थिए। यसअघि क्रिकेटका हस्तीहरू मैदानमा कप्तानसँग अन्तर्वार्ता गरिरहेको देखिन्थे। 

क्रिकेटमा प्रविधिको प्रयोग धेरै अगाडिदेखि हुन थालेको हो। धेरै पहिले पानी पर्ने वित्तिकै क्रिकेट स्थगित हुन्थ्यो। तर, १९५३ मा फोम रोलरको आविस्कार भएपछि गिलो मैदानलाई सुखाउन यसको प्रयोग गर्न थालियो। 

यस्तै, १९७९ मा सुपर सोपरको उपयोग हुन थाल्यो। आज पनि ठूलो मैदानमा यसको प्रयोग हुन्छ। सन् १९७१ मा सिड्नीमा अस्ट्रेलिया र इंग्ल्याण्डबीच सयौं टेस्टको आयोजना भएको थियो। यसको रिजल्ट राष्ट्रिय केश रजिस्टर हाउसको सानो टिभी सेटमा देखाइएको थियो। 

सन् २००९ मा अम्पायरको निर्णयलाई चुनौती दिन डिसिजन रिब्यु सिस्टम (डीआरएस) लागु गरियो। यसको प्रयोग पाकिस्तान र न्युजिल्याण्डबीचको टेस्टमा भयो।

प्रकाशित मिति: : 2020-07-23 08:18:51

प्रतिकृया दिनुहोस्