प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेड र वेष्ट ह्यामबीचको खेल बराबरी

एजेन्सी

काठमाडौं

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र वेष्ट ह्यामले बराबरी खेलेका छन् । बुधबार राति भएको खेलमा १-१ गोलको बराबरीमा सकिएको छ । घरेलु मैदानमा मासुन ग्रीनवुडले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको हो ।

खेलको ५१औं मिनेटमा ग्रीनवुडले गोल गरेका थिए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा मिचेल एन्टोनियोले पेनाल्टीमा गोल गर्दै वेष्ट ह्यामलाई अग्रता दिलाएका थिए ।

युनाइटेडका पाउल पोग्बाले डिबक्स भित्र हातले बल रोक्दै ह्यान्ड गरेपछि वेष्ट ह्यामले पेनाल्टी पाएको थियो ।

घरेलु मैदानमा बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । र, युनाइटेडले च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।

युनाइटेडले ३७ खेलमा ६३ अंक जोडेको छ । युनाइटेडको बराबरीसँगै शीर्ष चारमा रहने टिमको टुंगो अन्तिम खेलबाट तय हुने भएको छ ।

वेष्ट ह्याम भने ३८ अंक जोडेर १५औं स्थानमा रहँदै रेलिगेसनबाट जोगिएको छ ।

प्रकाशित मिति: : 2020-07-23 09:56:11

प्रतिकृया दिनुहोस्