साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले महाभियोग लगाउन योग्यहरुलाई जानीजानी नियुक्त गर्नेहरुलाई जनताले नै महाभियोग लगाउनुपर्ने बताएका छन्।
सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर जेलमुक्त भएका पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाकाे प्रसंग प्रति संकेत गर्दै उनले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
सर्वाेच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले काेइरालालाई जेलमुक्त गर्ने फैसला गरेकाे थियाे।
महाअभियोग लगाउन योग्यहरूलाई जानीजानी नियुक्त गर्नेहरूमाथि जनताले 'महाअभियोग' नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरूलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरूमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।
— Rabindra Mishra (@RabindraMishra) July 24, 2020
नदीकाे मूल सफा नगरेसम्म शाखाहरु सफा नहुने भन्दै मिश्रले अगाडि भनेका छन्, 'महाअभियोग लगाउन योग्यहरुलाई जानीजानी नियुक्त गर्नेहरुमाथि जनताले 'महाअभियोग' नलगाएसम्म, हामी जति नै चिच्याउँ, पात्र बदलिन्छन्, प्रवृत्ति बदलिँदैन। जेलमा बस्नु पर्ने चोरहरुलाई स्वार्थसिद्धीका लागि विशिष्ट कुर्सीहरुमा आसिन गराएपछि के हुन्छ? नदीको मूल सफा नभएसम्म शाखाहरू सफा हुँदैन।'