चीन र अमेरिकाबीच तनाव बढ्दाे, हस्टनमा चिनियाँ र छेन्दुमा अमेरिकी दूतवास बन्द

एजेन्सी

काठमाडाैं

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले होस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावासको कार्यालय बन्द गर्न निर्देशन दिएको बताएका छन्। 

अमेरिकाको बौद्धिक सम्पत्ति चोरी गरिरहेको कारण त्यसलाई रोक्न यो कदम आवश्यक रहेको बताएका थिए । पछिल्लो समय केही महत्वपूर्ण विषयहरुमा चीन र अमेरिकाबीच तनाव बढिरहेको छ ।  

अमेरिकी कम्पनीहरुको व्यवसायिक गोपनीयताका वस्तुमाथि त्यहाँबाट गैरकानुनी रुपमा सूचना निकालिने गरेको उनको आरोप छ।

साताको सुरुमा अमेरिकाले यो सातासम्ममा होउस्टनमा रहेको महावाणिज्य दूतावास बन्द गराउन सूचित गरेको थियो । पोम्पेओले चीनले अमेरिकी मात्र नभई यूरोपेली बौद्धिक सम्पत्तिको पनि चोरी गरिरहेको र यसको कारण हजारौं रोजगारी गुमेको बताए।

‘यो साता हामीले होस्टनमा रहेको चिनियाँ कन्सुलेट बन्द गरायौं किनकि त्यो जासुसीको केन्द्र थियो र बौद्धिक सम्पत्ति चोरी हुने ठाउँ,’ विश्वमा चिनियाँ सुरक्षा चुनौतीको विषयमा क्यालिफोर्नियामा आयोजित कार्यक्रममा पोम्पेओले भने।

अमेरिकी महावाणिज्य दूतावास बन्द गर्दै चीन

अमेरिकाले टेक्सासको होउस्टनमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनले दक्षिण पश्चिमको सहर छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ । 

चीनले अहिले चालिएको कदम अमेरिकाले उक्त निर्णयलाई उचित जवाफ दिन आवश्यक रहेको बताएको छ ।

छेन्दुमा रहेको महावाणिज्य दूतावास सन् १९८५ मा स्थापना गरिएको थियो । अहिले यो दूतावासमा दुई सयभन्दा धेरै कर्मचारीहरु छन् । साथै यो तिब्बतसँग निकट रहेकाले रणनीतिकरुपमा पनि निकै महत्वपूर्ण रहेको जानकारीहरुले बताएका छन् ।
 

प्रकाशित मिति: : 2020-07-24 12:39:59

प्रतिकृया दिनुहोस्